घोराही, ३१ साउन । घोराही उपमहानगरपालिकाले घोराही १७ धाईरेखुटीमा बर्षाका कारण घर भत्कीएर बिस्थापित भएको एक परिवारलाई खाद्यान्न सहयोग गरेको छ । घोराही उपमहानगरपालिका १७ धाईरेखुटीका गोपाल सार्कीको घर भत्कीएपछि उक्त परिवार सामुदायिक वनको भवनमा आश्रय लिएर बसेको छ ।
ghorahi nagarpalika dwara rahat

उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा, उपमहानरपालिकाका बाताबरण तथा विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरी सहितको टोलीले पिडितलाई खाद्यान्न सहयोग गरेका हुन् ।

पिडित परिवारका कमला सार्कीलाई नगर प्रमुख चौधरी सहितका प्रतिनिधीहरुले २५ केजी चामल, पाँच केजी नुन, पाँच केजी दाल, पाँच केजी चिउरा, पाँच लिटर खाने तेल, पाँच केजी आलु, एक प्याकेट नमकिन प्रदान गरे ।

विस्थापित ५ जनाको परिवार घोराही १७ डबरीमा रहेको गोरक्ष सामुदायिक वन समुहमा आश्रय लिएर बसेका छन् । उपमहानगरका प्रबक्ता भरत अर्यालका अनुसार नगर क्षेत्रमा ७ घर पूर्णरुपमा भत्कीएका छन् । अन्य एक दर्जन बढी घरहरुमा पानी पसेको र आंशिक क्षति भएको पाईएको छ ।