इन्द्रेणी संवाददाता
दाङ, ३१ साउन । व्यापारीहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघ निर्वाचन हुँदैछ । विहान ८ बजेदेखि मतदान शुरु भएको संघका अध्यक्ष हेमराज वञ्जाडेले जानकारी दिए ।
उनका अनुसार संघमा मतदाता २ हजार ९२ जना रहेका छन् । मतदान साँझ ४ बजेसम्म चल्नेछ । संघमा प्रजातान्त्रिक प्यानलबाट मञ्जु वर्जाचार्य नेतृत्वको प्यानल र सयुक्त व्यवसायिक प्यानलबाट नारायण भुसालको नेतृत्वको प्यानल चुनावी मैदानमा छन् । निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ ।