इन्द्रेणी संवाददाता
दाङ, ३१ साउन । अविरल वर्षातका कारण करीव चार दिनदेखि अवरुद्ध घोराही–तुलसीपुर सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डको मोतिपुरमा कल्भर्ट वाढीले वगाएपछि सडक अवरुद्ध बनेको थियो ।सोमवार नेपाली सेना, सशस्त्र प्रहरी र सडक कार्यालयको सहयोगमा उक्त स्थानमा अल्भर्ट निर्माण गरिएपछि सोमवार रातिबाटै घोराही–तुलसीपुर सडक सञ्चालनमा आएको छ ।
योसँगै वर्षात कम भएपछि सो सडकखण्डमा पर्ने खोलाहरुमा पानी घटेपछि यातायतका साधन सञ्चालनमा आएका छन् । आज मंगलवार विहान दाङमा केही वर्षात भएपनि अहिले भने मौसम सफा हुँदै गएको छ ।
घोराही–तुलसीपुर सडकखण्ड सञ्चालन
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.