काठमाडौं ३१ , साउन । तराइ मधेसका अधिकांस स्थानहरु बाढिले चुर्लुम्म डुब्दा गुनाम भएका मधेस केन्द्रित दलका नेताहरु भने यतिबेला राजधानीमा अर्को कचिङल मच्चाई रहेकाछन ।

तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु हो । निर्वाचन आयोगले छाता चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाँहि चिह्न प्रयोग गर्ने विषयमा राजपा नेताहरुबीच विवाद देखिएको छ ।