घोराही, ३० साउन । दाङमा एक बालक पाँच दिनदेखि बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका १० सौडिकुला निवासी १४ बर्षिय केशव बुढाथोकी विहिवारदेखि सम्पर्क विहिन भएको परिवारले जनाएको छ ।

balak bepatta

नारायणपुर स्थीत ग्रेड बुद्ध एकेडेमी स्कुलमा कक्षा ७ मा अध्ययरत बालक बुढाथोकी विहिवार विहानदेखि हराएको बालककी आमा उमा बुढाथोेकीले बताईन । ‘विहानसम्म छोरा घरमै थियो,छोरा घरमै भएकाले आफु बारीमा घाँस काट्न गएको थिए, आउदा छोरा घरमा थिएन’। आमाले भनिन्–‘विहान स्कुल गएको होला भन्ने लाग्यो तर साँझसम्म छोरा घर नर्फकिएन ।’

त्यसपछि छोराको खोजीका लागि विद्यालय र प्रहरीलाई खवरसँगै आफुहरु लगि परेपनि अहिलेसम्म पत्ता नलागेको आमा बुढाथोकीले बताए । प्रहरीले खोली कार्य भैईरहेपनि कतै नभेटिएको बताउने गरेको बुबा खुमबहादुर बुढाथोकीले बताए ।

उनले बालकलाई भेट्ने जोकोहीले परिवारको सम्पर्क मोवाइल नंं.९८४७९२१३६० खवर गरिदिन समेते सबैमा आग्रह गरेका छन् । पाँच दिनसम्म छोराको पत्ता नलाग्दा परिवारले नेपाल प्रहरी, पत्रकार, मानवअधिकारकर्मीलगायतलाई छोराको खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेको छ ।