राधा शर्मा / बर्दिया
साउन ३० । बर्दियामा वाढिका कारण विस्थापित भएका नागरिकहरुले २ दिन देखि पानी समेत पिउन पाएका छैनन । बर्दियामा साउन २८ र २९ गते आएको वाढिका कारण विस्थापित भएका हरुको अवस्था दयनिय बन्दै गएको छ । विस्थापित हरुलाइ विद्यालय , तथा स्थानिय स्वास्थ्य चौकी लगायतका स्थानमा राखिएको छ ।

badi bardiya

साउन २८ गते आएको वाढिका कारण विस्थापित नागरिकहरु भोकभोकै दिनरात कटाउन बाध्य भएका छन । उद्धार र राहतका कार्यक्रम नआउदा आफुहरु आफै विद्यालय आएर वसेको र विगत २ दिन देखि केहि नखाएर वसेको उनिहरुले गुनासो गरेका हुन । विस्थापित हरु हजारौको सख्यामा रहेका छन उनिहरुलाइ तत्काल उच्च र सुरक्षित स्थानमा राखिएको भएपनि राहतका कार्यक्रम पनि सगसगै लैजाने प्रयास भैरहेको यसका लागी स्थानिय तहलाइ नै जिम्मा दिने निर्णय जिल्ला दैवि प्रकोप उद्धार समितिले गरेको जिल्ला आपतकालिन संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीले बताउनु भयो ।

DSC05316वाढिका कारण बर्दियामा ३ जनाको मृत्यु भैसकेको छ भने १ जना बेपत्ता भएका छन । मृत्यु हुनेहरुमा गुलरिया नगरपालिका वार्ड न २ का ५३ वर्षिय बलबहादुर सिंहको घर नजिकैको नालामा डुवेर मृत्यु भएको हो भने ठाकुरवावा नगरपालिका वार्ड न २ सतघरुवाका ७० वर्षिय साहानी थारुको घरको भित्ताले च्यापियर र ठाकुरवावा नगरपालिका वार्ड न ५ खोनपुरका ६० वर्षिय गोविन्द थारुको डुवेर मृत्यु भएको जिल्ला आपतकालिन संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनु भयो । यसैविच वारबर्दिया नगरपालिका वार्ड न १० गन्दर्भ टोलका २९ वर्षिय राजेन्द्र थारुको शव फेला परेको वारबर्दिया नगरपालीकाले जनाएतापनि त्यसको पुष्टि हुन वाकि रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

वाढिका कारण विस्थापित भएकाहरु विद्यालय , स्वास्थ्य चौकीमा ४१ वटा स्थानमा सेन्टरमा लियर वसीरहेका छन ति सेन्टरमा २४ हजार ७ सए ३४ जना रहेका छन । नदिको विचमा रहेका तथा घरको छतमा रहेका हरुलाइ २९ गते हेलिकप्टर मार्फत ३ सए ७५ जनाको उद्धार गरीएको थियो भने अन्य रेडक्रस , प्रहरी तथा नेपाली सेनाले करिब ६ हजार नागरिकलाइ उद्धार गरेको छ । बाढिका कारण जिल्लाका ५ वटा नगरपालिका सवै भन्दा वढि प्रभावित भएका छन , प्रभावित हुनेमा बारबर्दिया नगरपालिका , मधुवन नगरपालिका , गुलरिया नगरपालिका ,वासगढि नगरपालिका र ठाकुरवावा नगरपालिका रहेका छन ।

DSC05390जिल्लाका अन्य स्थानिय तह बढैया गाउपालिका , गेरुवा गाउपालिका र राजापुर नगरपालिका पनि बाढिका कारण नागरिकहरु विस्थापित बनेका छन । विस्थापितले आश्रय लियर वसेको स्थानमा स्थानिय उद्धारको टोली पुग्न सकेको छैन । यसै विच जिल्लाको सदुरमुकाम गरेको गुलरिया बाट नेपालगञ्ज , भुरिगाउ र राजापुरको यातायात पनि अवरुद्ध भएको छ । बाढिले ति हुलाकी सडकहरु ठाउठाउमा भत्काएका कारण यातायात अवरुद्ध बनेको हो । साथै २८ गते देखि जिल्लामा विधुत सेवा पनि अवरुद्ध भएको छ ।

 

 

 

 

 

 

 

DSC05377