घोराही, ३० साउन । भदौँ १ गतेदेखि बस सेवा सञ्चालन गर्ने तयारी गरेको सहारा यातायात प्रालिले समयमै सेवा दिन नसक्ने जनाएको छ । शुक्रबारदेखि आएको बाढीले तयारी गर्न समस्या पारेको भन्दै सेवा केही दिन ढिला हुने जनाएको हो ।

Untitled-1 copyसहारा यातायात प्रालिका कार्यबहाक अध्यक्ष टीकाराम पौडेलले सोमबार एक विज्ञप्ती जारी गरी तीन दिनको अविरल बर्षाका कारण केही दिन ढिला हुने जानकारी गराएका छन् । सबै क्षेत्रलाई बाढी पहिरोले समस्या पारेको भन्दै आफ्नो सेवा केही दिन ढिला भएको विज्ञप्तीमा उल्लेख छ ।