तुलसीपुर , ३० साउन । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई हाम्रो तुलसीपुर राम्रो तुुलसीपुरका रुपमा विकसित गर्ने उद्देश्यले सञ्चालन गर्न थालेको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानलाई निरन्तरता दिने भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा सञ्चालन हुदै आएको उक्त अभियानलाई तुलसीपुर उप महानगरपालिकाले सञ्चालन गर्ने भएको छ ।
विशेष कार्यक्रमको आयोजना गरेर तुलसीपुर उपमहानगरलाई उद्योग वाणिज्य संघले उक्त अभियान हस्तान्तरण गरेको थियो । मंगलवार तुलसीपुरको वाहिनी चोकमा सरसफाईसँंगै घरघरमा पुगेर सचेतना दिएर विहान ७ वजे अभियानलाई सुरुवात गरिने मेयर घनश्याम पाण्डेले वताउनु भएको छ । उहाँले अभियानलाई सफल वनाएर तुलसीपुरलाई स्वच्छ र हराभरा नगरका रुपमा विकास गर्नका लागि सवैलाई आह्वान गर्नुभएको छ । अभियानलाई गोरखा मावि तुलसीपुरले नेतृत्व गर्ने भएको छ ।