काठमाडौं, ३० साउन । सरकारले आइएनजीओहरुलाई बाढी पहिरो प्रभावित क्षेत्रमा मनपरी तरिकाले राहत वितरण गर्न रोक लगाएको छ । केन्द्रीय दैवी प्रकोप उद्दार समितिको सोमबार बिहान बसेको बैठकले आइएनजीओहरुलाई आफू मनपरी राहत वितरणमा रोक लगाएको हो ।

badhiआइएनजीओहरुलाई फिल्डमा गएर राहतका सामान वितरणमा रोक लगाइएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए । भूकम्पको बेला एनजीओहरुले गरेको मनगरीलाई दृष्टिगत गर्दै उनीहरुलाई फिल्डमा गएर राहत वितरणमा रोक लगाइएको बताइएको छ ।

सरकारको निर्णयसँगै अब एनजीओहरुले सरकारसँगको समन्वयमा मात्रै राहत वितरण गर्न पाउने छन् ।