इन्द्रेणी संवाददाता
दाङ, ३० साउन । तीन दिनदेखि अवरुद्ध दाङको तुलसीपुर-घोराही सडकखण्ड सञ्चालमा ल्याउने प्रयास थालिएको छ ।
सो सडकखण्डको मोतिपुरमा भासिएको सडकखण्डलाई नेपाली सेना, ससस्त्र प्रहरी, सडक कार्यालयलगायतको सहयोगमा मर्मत कार्य हुँदैछ । सो सडकखण्डमा पुनःकल्भर्ट हालेर सडक मर्मत थालिएको छ । कल्भर्ट मर्मत भएपछि तुलसीपुर घोराही यातायातमा सञ्चालन हुनेछ ।