शरद रेग्मी
दाङ, १ साउन । तुलसीपुर उपमहानगरपालिकाका नबनिर्बाचित मेयर घनश्याम पाण्डे लगाएत निर्वाचित पूर्वपत्रकारहरुलाई रिपोटर्स क्लव दाङले सम्मान गरेको छ ।

rep222आइतवार आयोजित स्वागत तथा बधाई कार्यक्रममा पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई देशकै उत्कृष्ट र नुमुना योग्य उपमहानगरपालिका निर्माण गर्ने बताए । उनले अञ्चल अस्पताल, यातायात क्षेत्र, सामाजिक सेवा प्रवाहलाई देशकै नमुना योग्य बनाउने आश्वासन दिए ।

त्यस्तै उनले १०० दिनमै टरिगाउँ एयरपोर्टमा विमान सञ्चालन गर्ने बताए । उपमहानगरका कर्मचारीलाई विद्युत मेसिनवाट हाजिरको व्यवस्था गरिएको र आधा घन्टाभन्दा ढिलो आउने कर्मचारीको त्यो दिनको हाजिरी नहुने बताए । तुलसीपुर उपमहानगरपालिकालाई सुशान युक्त वनाउने र भ्रष्टचार मुक्त वनाउने उनले प्रतिवद्धता जाहेर गरेका छन् । त्यस्तै उनले सबै संग हातेमालो गर्दे सहकार्यका साथ उपमहानगरका हरेक कमजोरीहरु सुधारगर्ने बताएका छन् ।

त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले तेरो मेरो नभनी दलिय स्वार्थ भन्दा माथि उठेर साझा व्यक्तिको रुपमा काम गर्न शुभकामना दिएका थिए । उपमेयर माया शर्माले आफु साझा व्यक्तिको रुपमा काम गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन ।