काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ग्राहक पहिचानको व्यवस्थामा थप कडाइ गरेको छ । अरूको खातामा निक्षेप संकलन गरी दिँदा पनि निक्षेपकर्ताको विवरण लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

nepal-rastra-bankकेन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै ग्राहकलाई २ तहमा पहिचान गर्नुपर्ने निर्देशन दिएको छ । सरलीकृत ग्राहक पहिचान र बृहत ग्राहक पहिचान गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो । सरलीकृतअन्तर्गत ग्राहकको विवरण लिनुपर्ने छ भने बृहतअन्तर्गत ग्राहकको इनह्यान्स कस्टमर ड्यू डेलिजेन्स गर्न भनिएको छ ।

नेपाल राष्ट्र बैंकले उच्च पदस्त अधिकारीले खाता खोल्दा वा कारोबार गर्दा पहिचान हुने गरी संयन्त्र बनाउन भनेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्न यो आर्थिक वर्षदेखि उच्च अधिकारीको बैंक खाता र कारोबार निगरानीमा राख्न भनेको हो ।