काठमाडौं, ३१ असार । प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी नायव महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ ।
अदालतमा डीआईजी नवराज सिलवालको मुद्दा विचाराधिन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई भने बढुवा सूचीमा छुटाएको छ ।
सिफारिस सूची अनुसार नम्बर क्रम अनुसार पहिलो नम्बरमा डीआईजी बमबहादुर भण्डारी, दोस्रो जयबहादुर चन्द, तेस्रो देबेन्द्र सुवेदी, चौथो स्थानमा परेका छन् ।
त्यस्तै पशुपति उपाध्याय, पाँचौमा केशरीराज घिमिरे, छैठौं माधव जोशी, सातौं विजयलाल कायस्थ, आठौं कमलसिंह बम, नौ नम्बरमा मिङ्मार लामा, १० औँ नम्बरमा रणबहादुर चन्द र ११ औँ नम्बरमा विजयकुमार भट्ट छन् ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)