सुनसरी, ३१ असार । अन्र्तजातिय बिबाह गरेर हिँडेकी छोरी खोजी गरिदिन प्रहरीमा उजुरी दिएका अभिभावकले डेढ लाख रुपैया लिएर छोरी ज्वाईको जिम्मा लगाएका छन् ।

sapan-anusa_विराटनगर ११ केशलिया रोडका बाबुआमा मोहन खडका र पुनम खड्काले दलित युवासँग प्रेम बिबाह गरेर घरबाट हिँडेकी २० बर्षिया छोरी अनुषालाई छुटाउन खोजेपनि नमानेपछि प्रहरी कार्यालयमा क्षतिपुर्ति बापत एक लाख एकाउन्न हजार रुपैया बुझेर छोरी ज्वाई पक्षलाई जिम्मा लगाएका हुन् ।

डेढ महिना अघि प्रेमबिवाह गरेर घर छाडी हिँडेका संखुवासभा पाँचखपन नगरपालिका ६ घर भई हाल सुनसरी इटहरी उपनगरपालिका २ हलगडा बस्दै आएका २० बर्षिय सपन गदाल बिश्वकर्मा र बिराटनगर महानगर ११ की २० बर्षीया अनुषा खडका आफुहरुलाई अलग नगराउन बिन्ति गर्दै ३० असार दिउँसो सुनसरी स्थित ईलाका प्रहरी कार्यालय ईटहरीमा आफैं हाजिर भएका थिए ।

त्यसपछि केटीका अभिभावकले छोरी अनुषालाई लान धेरै प्रयास गरेपनि आफनो श्रीमानसँग अलग हुन नमानेपछि आमाबाबुहरु छोरी ज्वाई पक्षलाई जिम्मा लगाउन बाध्य भएका थिए । त्यसपछि उनिहरुले घरबाट हिँडदा छोरीले ७० हजार रुपैया र दुईटा सुनको औठी लिएर हिँडेको भन्दै सो वापतको क्षतिपुर्ति दिनुपर्ने अडान लिएका थिए । केटीका आमाबुबाको अडानपछि केटाका बाबु हेमकुमार गदालले प्रहरी कार्यालयमै क्षतिपुर्ति बापतको एक लाख एकाउन्न हजार रुपैया चेक हस्तान्तरण गरेका थिए । चेक पाएपछि केटीका आमाबुबाले कागजमा सही छाप गरेर छोरी ज्वाई पक्षलाई जिम्मा लगाएका थिए । रातो पाटीबाट