इन्द्रेणी संवाददाता
दाङ, ३१ असार । दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा ५० शैयाको नयाँ भवनको शिलान्यस गरिएको छ । भवनको शनिवार सरकारका उपप्रधान तथा परराष्ट मन्त्री कृष्णबहादुर महराले गरेका हुन् ।

20107143_10209462480390774_2006533646_oसाथै मन्त्री महराले अस्पतलामा सञ्चालन भएको होमोडाइलोसिस सेवाको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री महराले राप्ती उपक्षेधत्रीय अस्पताल दाङको मात्रै नभएर राप्तीका सबै जिल्लाको ठूलो अस्पतल भएकाले यसको बृद्धि विकास गर्न आवश्यक भएको बताएका थिए । यसमा सरकार सकारात्मक भएको समेत उनले जानकारी दिए ।

20107074_10209462551672556_1303155561_oकार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. जनार्दन पन्थीले अस्पताललाई सात वर्षदेखि दश वर्षको समयमा ५ सय शैयाको मनाउने लक्ष्यसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संसद राजु खनाल, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलगायतले अस्पतलाको विकासको बारेमा आफ्ना विचार राखेका थिए ।