इन्द्रेणी संवाददाता
दाङ, ३१ असार । इन्द्रेणी इन्टरनेशलन मिडिया प्रालिद्धारा सञ्चालित इन्द्रेणी अनलाइन डट कमको आज शनिवार दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा परराष्ट मन्त्री कृष्णबहादुर महराले गरेका थिए ।

New Adobe Photoshop Imageकार्यक्रमको उद्घाटन गर्दै मन्त्री महराले मधेसवादी दलहरुलाई निर्वाचनमा ल्याउनका लागि संविधान संसोधन आवश्यक परेको बताएका छन् । संविधान संसोधन गर्दा मधेसवादी दलहरु स्थानीय तह, प्रदेश र केन्द्रीय तह गरी तीन वटै निर्वाचनमा सहभागी गराउन सहज हुने भन्दै यसैका लागि संविधन संसोधन गर्न लागिएको उनले बताए ।

20107932_10209461014354124_1533057392_oसरकारको पहिलो प्राथमिकतामा रहेको स्थानीय तहको निर्वाचन करीव करीव सकिएको र प्रदेश नं. २ को निर्वाचनमा पनि असोज २ गते तोकिएकाले सरकार आफ्नो लक्ष्यमा सफल भएको मन्त्री महराले बताए । सरकारको लक्ष्य माघ ७ गतेसम्म तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने रहेको समेत उनले जानकारी दिए ।

इन्द्रेणी अनलाइनको वार्षिकोत्सव एवं प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको थियो । कार्यक्रमबारे जानकारी इन्द्रेणी अनलाइनका सम्पादक केशरमान विसीले गराएका थिए भने सहजीकरण सेन्टरका सचिव पाण्डव शर्माले गरेका थिए ।