काठमाडौँ, ३१ असार । निलम्बनमा रहनुभएका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई रिहाइको मागसहित दायर बन्दीप्रत्यक्षीकरण मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । अदालतको आदेशअनुसार शर्मालाई समेत शुक्रबार इजलासमा हाजिर गराइएको थियो ।

inddन्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आइतबार सुनुवाइ जारी राख्ने गरी मुद्दा हेर्दाहेर्दैमा राखेको हो । अख्तियारको न्यायिक हिरासतमा रहनुभएका शर्मालाई बन्दीप्रत्यक्षीकरणको आदेशबाट रिहा गर्ने÷नगर्नेबारे आइतबार पनि बहस हुनेछ ।
सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले यो मुद्दा हेर्दाहेर्दैमा निरन्तर रहेको बताउनुभयो । उपाध्यायले भने “मुद्दा हेर्दाहेर्दैमा छ । आइतबार मुद्दाको सुनुवाइ हुनेछ । ” शुक्रबार मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि गत बुधबार शर्मालाई अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश जारी गरेको थियो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले शर्मालाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो । आदेशअनुसार अख्तियारले शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराएको हो । गोरखापत्रमा खबर छ । शर्मालाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी कल्पना उप्रेती शर्माले मङ्गलबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दायर गरेकी थिइन् ।

मुद्दा दर्ता हुन सकेन
कर फछ्र्योट आयोगका पदाधिकारीविरुद्ध शुक्रबार पनि मुद्दा दर्ता हुन सकेन । बिहीबार समय अभावका कारण दर्ता हुन नसकेको मुद्दा शुक्रबार अन्तिम समयमा पेस भएको भन्दै दर्ता नभएको हो ।

प्रतिवादीमध्ये आयोगका सदस्यसचिव चूडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि सर्वोच्चमा हाजिर गराउँदा विशेषमा पेस गर्न ढिलाइ भएको थियो । मुद्दा रुजुका लागि पेस गर्न ढिलाइ भएपछि शुक्रबार पनि दर्ता हुन नसकेको हो ।