तुलसीपुर, ३० असार । विद्यार्थीहरुको सोचमा सकारात्मक परिवर्तन नहुदासम्म शैक्षिक उपलब्धि हासिल नसकिने कुरा तुलसीपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले वताएका छन् ।
विद्यार्थीहरु स्वभावैले नयाँ कुराप्रति जिज्ञासु हुने भएकाले उनीहरुलाई सृजनात्मक काम तर्फ लगाउनमा विद्यालयको भुमिका अहम् हुने कुरा पनि उनीहरुले वताएका थिए । तुलसीपुरमा रहेको ज्ञानज्योति माविले कक्षा ११ का विद्यार्थीहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विरु रावतको प्रमुख आतिथ्यता एवम् सह प्राचार्य मनोज कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य सुरेन्द्र जिसी,पत्रकार दुर्गालाल केसी, व्यवस्थापन संकायका राकेश डिसी,रवि चापागाइ र विद्यार्थीका तर्फबाट मिलन थापा र सुवास सुवेदी लगायतले आफ्ना विचार राखेका थिए ।
