सल्यान, ३० असार । सल्यानको कपुरकोट गाउँपालिकामा २७ करोड ७ लाख ११ हजार १ सय २० रुपैयाँको बजेट प्रस्तुत भएको छ । आर्थिक वर्ष २०७४।०७५ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक तिला बुढा मगरले यो बजेट ल्याएकी हुन् ।
कार्यक्रममा विशेष गरी मोटरबाटो तथा खानेपानीका योजना, स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकता दिइएको छ । प्रस्तुत बजेटमा सामाजिक विकास तर्फ ३ करोड ७ लाख ४३ हजार, पूर्वाधार विकासतर्फ ६ करोड ८८ लाख ९० हजार, आर्थिक विकासतर्फ ६१ लख ५० हजार र वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ८५ लाख ८० हजार रुपैया रहेको छ ।
गाउँपालिकाभित्रका विभिन्न बजारमा नगर प्रहरीको व्यवस्था गर्ने, जग्गा प्लटिङलाइ व्यवस्थीतमा गर्ने, आन्तरिक आम्दानीलाइ बढाउने तथा एकिकृत सम्पत्ती कर लागू गर्ने जस्ता नीती तथा कार्यक्रम रहेका छन् ।
त्यस्तै वर्षको दुई पटक आमाको मुख हेर्ने र वाबुको मुख हेर्ने दिनमा ७५ वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गर्ने, सुत्केरी महिलालाई न्यानो झोला वितरण गर्ने कार्यक्रम पनि रहेका छन् ।
