इन्द्रेणी संवाददाता
दाङ । दाङको तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिरबहादुर रावत ‘विरु’ निर्विरोध चयन भएका छन् ।
यही ३१ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सुमन पुनले आफनो उम्मेदवारी फिर्ता लिएपछि रावत अध्यक्षतमा निर्विरोध भएका हुन् ।

1तीन कार्यकाल संघको वरिष्ठ उपाध्यक्ष भएर काम गरेका रावत आगामी तीन वर्षका लागि अध्यक्षमा निर्विरोध भएका छन् ।
अध्यक्ष मात्रै होइन संघको १५ सदस्यीय कार्यसमिति नै सर्वसहमतिमा चयन गरिएको संघले जनाएको छ ।

जसअनुसार संघको वाणिज्य उपाध्यक्षमा रामप्रसाद चालिसे, खुल्ला उपाध्यक्षमा मिनराज भण्डारी , महासचिवमा रुपबहादुर खत्री, सचिवमा बिनिल केसी , कोषाध्यक्षमा डिल्लीबहादुर वली र सहकोषाध्यक्षमा देवबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै संघकोे सदस्यहरुमा एशोसियट सदस्यमा यज्ञबहादुर केसी, महिला सदस्यमा सपना वस्नेत र पवित्रा केसी तथा खुल्ला सदस्यमा टेकप्रकाश केसी, सुनिल आचार्य , तुले दमाई , हेमेन्द्र खडका र हेमराज गौतम निर्विरोध भएका छन् ।

अब संघको उद्योग उपाध्यक्ष र अन्य ३ जना सदस्य भने चयन गर्न बाँकी रहेको संघले बताएको छ । यसैबीच निर्वाचन समितिले बिहीवार नै निर्विरोध निर्वाचित भएका संघका पदाधिकारीहरु तथा सदस्यहरुको घोषणाका साथै टिका लगाएर वधाई दिएको छ ।