इन्द्रेणी संवाददाता
दाङ २६, असार । रुकुममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर माथि कालोमोसो दलिएको छ । सोमबार दिउसो ३ बजे तिर ईञ्जिनियर संजीवकुमार साह माथि कालोमोसो दलिएको प्रहरीले बताएको छ । काममा व्यस्त भईरहेको समयमा बिप्लव माओवादीका २ जना कार्यकर्ताले आएर कालोमोसो दलेको ईञ्जिनिएर शाहले बताए ।

कोलोमोसो दल्नेक्रममा बिप्लवका केही कार्यकर्ताहरु कार्यालयको गेटमा उभिएको शाहले बताए । जिल्लका सरकारी तथा गैरसरकारी कार्यालयहरुमा अनियमितता, भ्रष्टाचार र ढिला सुस्ती बढेको जनगुनासाहरु बढेकाले यस्ता क्रियाकलाप रोक्न जनकारवाही स्वरुप कालोमोसो दलिएको नेकपाका जिल्ला सक्रेटरी चन्द्रवहादुर बुढाले बताए ।
उनले जनकारवाहीलाई अझ ससक्त बनाउने समेत बताए । केही दिन अघि मात्रै जिल्ला समन्वय समितिमा कार्यरत सव इञ्जिनियर चिताराम खड्का माथि विप्लवका कार्यकर्ताले कालो मोसो दलेका थिए ।











