इन्द्रेणी संवाददाता
दाङ २६ असार । स्थानीय तह निर्वाचनका क्रममा सरकारले आफ्ना कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा लगाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले भोलि असार २७ गते नेपाल बन्दको आव्हान गरेको छ ।

नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरी असार २७ गते एक दिनका लागि बन्द गरेको जनाएका छन् ।बन्दमा देशभरका उद्योगधन्दा, कलकारखाना, शिक्षणसंस्था, यातायात सबै बन्द बन्द हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।