दाङ २६ असार । आइतबार बिहान देखी परेको पानीले दिउसो सम्म पनि दाङका खोलाहरुमा पानीको बहाब बढ्यो । घोराही लमही सडक खण्ड्मा साना तथा ठुला गाडिहरु समेत आवत जावत गर्न सकेनन् । घोराही तुलसीपुर सडक खण्डको बीचमा पर्ने ग्वार खोला पार गर्दै गर्दा झण्डै एउटा यात्रुबहाक गाडि दुर्घटनाबाट रोकियो ।

panimuniko pul

पानीको बहाव बढि रहेको अबस्थामा खोलो पार गर्न खोज्दा गाडि नै बगाएको थियो । उक्त गाडिमा सवार यात्रुहरुलाई डोरीको साहयताले बाहिर निकालिएको थियो । दाङका खोलाहरुमा समयमा पुल नबन्दा बर्षेनी यो समस्या झल्नु पर्ने बाध्यता छ । पुल निर्माण शुरु भएको तर पुरा नहुदा हिलाम्य र गाडि चिप्लने समस्या बढेको छ ।

निर्माण कम्पनीको लापरबाहीका कारण केही समय अघि नै पुरा भईसक्नु पर्ने काम अझै आधा पनि हुन सकेका छैनन् । दाङको लमही– तुलसीपुर सडक खण्डमा पर्ने आधा दर्जन बढि खोलाहरुमा पानी मुनीका पुल छन् । जसले गर्दा गाडिलाई आवतजावत गर्न निकै समस्या हुने गरेको छ । यात्रुहरुबीच बाटोमै अलपत्र पर्न बाध्य छन् ।

बिषेश गरि घोराही लमही सडक खण्डको बबई र घोराही तुलसीपुरको गुज्रे, पत्रे, संक्राम र ग्वार खोलामा आएको भेलले यातायात सेवालाई प्रभाबित बनाएको छ । साना गाडिहरुलाई ति खोला पार गर्न समस्या भएको छ ।