काठमाडौँ, २० असार । उपराष्ट्रपति नन्दबहादुर पुन उच्च स्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार चीनको भ्रमणमा जाँदै छन् ।
चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्दैछन् ।
सो मेला चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजना गरिएको छ । उपराष्ट्रपति पुनले यही असार २२ गते विकास र सहयोगका लागि उच्च स्तरीय मञ्चमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
