सुनसरी, २० असार । मत गन्दा नेकपा एमालेका उम्मेद्वारको मत बढाएको प्रमाणित भएपछि धरानमा दुई जना मतगणकलाई मतगणनास्थलबाट निष्कासन गरिएको छ ।

2मतगणना स्थलबाटै एमालेको ५० मत बढाएको प्रमाणित भएपछि समूह ‘ग’का मानबहादुर कार्की र समूह ‘ङ’का धनबहादुर राईलाईलाई मतगणनास्थलबाट निष्कासन गरिएको हो ।

वडा नम्बर ११ को मतगणना चलिरहँदा उनीहरुले नियोजित रुपमा एमालेको मत बढाएको पाइएपछि निर्वाचन अधिकृत र दलका प्रतिनिधिको सहमतिपछि उनीहरुलाई निष्कासन गरिएको बताइएको छ ।