नयाँ दिल्ली २० असार । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र भारतीय विदेश मन्त्री शुस्मा स्वराज बीच भारतको नयाँ दिल्लीमा शिस्टाचार भेट भएको छ ।
दिल्ली स्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गरि दुई नेता बिचको भेटघाटमा नेपाल-भारत द्विपक्षीय सम्बन्ध मजबुत गराउदै एक राष्ट्रले अर्को राष्ट्रको हितका लागि सहयोग गरि दुई मित्र राष्ट्र बिचको मित्रता मजबुत बनाउने तथा नेपालको विकास निर्माणमा भारतीय सहयोग, व्यापार र पारवहन, क्रस बोर्डर पूर्वाधार, जलविद्युत परियोजनाहरूमा लागानी गर्ने जस्ता बिषयमा दुई नेता बीच छलफल भएको बताएको छ ।
भेटमा विदेश मन्त्री स्वराजले नेपालले दुई चरणमा भएको स्थानीय चुनाव शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा नेपाल सरकार सरकारका उप प्रधानमन्त्री महरालाई बधाई दिएकी थिइन् ।