बर्दिया, २० असार । बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका शिव थारु ९ हजार ४९७ मत प्राप्त गरी मेयरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपकजङ्ग शाहले आठ हजार ६०६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरी नौ २१९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी तारा चौधरीले आठ हजार ५७० मत प्राप्त गरेका छन् ।
