इन्द्रेणी संवाददाता
लमही, २० असार । दाङको लमही नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। लमही नगरपालिकामा एमालेका कुलबहादुर केसी ५१५२ ल्याएर मेयरमा विजयी भएका हुन् । उपमेयरमा भने कांग्रेसकी देवका बेल्वासे ५०१५ मत ल्याएर निर्वाचित भएकी छिन् ।

inddकेसीका प्रतिद्वन्द्वी कांग्रेसका जोगराज चौधरीले ५ हजार ६९ मत पाएका थिए भने उपमेयर देवकाका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले ४८३३ मत प्राप्त गरेका थिए । यो क्षेत्र नेपाली काग्रेसका प्रभावसाली नेता खुमबहादुर खड्काको गढ क्षेत्र मानिन्छ ।