इन्द्रेणी संवाददाता
दाङ, १८ असार । दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमानसिंह डाँगी र उपप्रमुखमा कांग्रेसकै मिथिला शाह विजयी भएका छन् ।

inddडाँगीले ३८ सय ५२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुकुमार केसीले २९ सय २४ मत प्राप्त गरेका थिए।
यस्तै, उपप्रमुखमा विजयी भएकी कांग्रेसकी मिथिला शाहले ३८ सय ९४ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी राधा परियारले ३१ सय २७ मत प्राप्त गरिन्।