काठमाडौं, १८ असार । दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले विभिन्न उपमहानगरपालिकामा वर्चश्व काम राखेको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालले प्रदेश नम्बर १, ५ र ७ का सात उपमहानगरपालिका मध्ये ५ मा अग्रता स्थानमा देखिएको छ । प्रदेश नम्बर १ को सुनसरीमा रहेको इटहरी उपमहानगरपालिका प्रमुखमा एमालेले अग्रता लिइरहेको छ। प्रेदश नम्बर १ कै धरान उपमहानगरपालिका प्रमुखमा पनि एमाले अघि छ।
प्रदेश नम्बर ५ का बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेकै अग्रता स्थानमा देखिएको छ। बुटल उपमहानगर प्रमुखमा एमालेका शिवराज सुवेदीले ८२६७ मत ल्याएर अग्रता लिइरहेका छ ।
त्यस्तै घोराही उपमहानगरपालिकामा एमालेकै नरुलाल चौधरीले अग्रता लिइरहेका छन् । दाङकै अर्को उपमहानगरपालिका तुलसीपुरमा पनि एमालेका उम्मेदवार घनश्याम पाण्डेले अग्रता लिईरहेका छन।
नेपालगंज उपमहानगरमा राप्रपा
अहिलेसम्म कुनै पनि स्थानीय तहमा जित हात पार्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगंज उपमहानगरपालिकामा भने अग्रता लिईरहेको छ। राप्रपाका धवल शमसेर राणाले ६५०७ मतका साथ अग्रता लिइरहेका छन् । राणाको मतगणनाको शुरुवात देखि नै अग्रता देखिएको छ। उनलाई नेपाली कांग्रेसका सुरेशकुमार कनोडियाले ३९०८ मतका साथ पछ्याई रहेका छन्।











