घोराही, १८ असार । दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।
वडा नम्बर १७ मा माओवादी केन्द्रबाट खुसीराम चौधरी १३३४ मतसहित प्यानल नै विजयी भएपछि खाता खोल्न सफल भएको हो । चौधरीको निकटतम प्रतिद्वन्द्वी एमालेका विवेक श्रेष्ठले १३१३ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला सदस्यमा रेमन्ता पुन, दलित महिला सदस्यमा एबी सुनार, सदस्यहरूमा बाबुराम चौधरी र तुलप्रसाद घिमिरे विजयी भएका छन् ।
