गोविन्द खड्का
घोराही, १६ असार। दोश्रो चरणको चुनाव चलीरहेको बेला जथाभावि फोहर फाल्नेहरुले भने सकृय रहेको पाईएको छ । लस्करै हिडीरहेका मतदाताहरु घीनाउदै गरेकोे देखिन्थे । घोराही उपमहानगर पालिकाको बैंक रोड आसपासका केहि घरभित्रको फोहर मुल सडकमा थुपारीएको थियो ।
बिधुतपोल वरपर थुपारेको फोहरमा झिङा भन्किरहेका थिए । मतदानको दिन यातायात पुर्ण रुपमा बन्द हुने भएकाले फोहर उठेन । सबैले भान्साको फोहर आफ्नै घरमा संकलन गरेको भए सार्वजनिक वातावरण विग्रीने थिएन ।