गोविन्द खड्का
घोराही, १६ असार। ‘आमा’ शब्द स्टाटस लेखेर घोराही उपमहानगरपालिकाका कर्मचारी राधा रिजालले विहिवार विहान फेसवुकमा विरुवा रोप्दै गरेको फोटा अपलोड गर्नुभयो । टिप्नी गर्नेहरुले जन्मभुमिको माया, एक घर एक विरुवा अभियान यस्तै यस्तै चलनचल्ती संग जोडे । रिजालको स्टाटसको अर्थ भने गम्भिर थियो ।
बराहक्षेत्र मावि वनगाउमा कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा सहित कर्मचारीहरुको टोलि पुग्यो । सापकोटाले आफ्ना स्व माता मनकुमारी सापकोटाको स्मृतिमा एउटा रुद्राक्षाको वोट रोप्नुभयो । त्यसैगरी ईन्जिनियर रामधन श्रेष्ठले स्व पिता टोपप्रसाद श्रेष्ठ को सम्झनामा लिची रोप्नु भएको थियो । त्यहि क्रममा रिजालले बुवा श्रीकुमार र आमा चम्फाको सम्झनामा लिचीको विरुवा रोप्नु भएको हो । त्यहि दृश्य फेसवुकमा सार्वजनिक गरेर आमाको माया पोख्नुभयो ।
यसैगरी शाखा अधिकृत सुवोध रेग्मी, सुचना अधिकारी प्रेम केसि लगाएतले पनि बृक्षा रोपन गर्नुभएको थियो । करिव तिन विघाह बढि जग्गाको धनि विद्यालयको क्षेत्र झाडिले भरिएको थियो । प्रधानाध्यापक बाल्मी केसिका अनुसार खेलमैदान, विद्यालय भवन, शौाचालय लगाएत अन्य संरचनावाहेकको क्षेत्र कामयावी थिएन । त्यहि क्षेत्रलाई डोजर लाएर बगैचामा परिणत गरीएको हो ।
करिब एक विघाह क्षेत्रलाई विद्यालयले स्मृति वाटिकामा परिणत गर्न लागेको छ । त्यसमा फलफुलका उपयोगी बोट मात्रै रोप्ने प्रअ केसिले बताउनुभयो । त्यहा स्वर्गिय आफन्त जनको सम्झनामा बृक्षा रोपन गर्ने छन् । विरुवा रोपेर आमा बाबु र आफन्त सम्झिन चाहनेलाई खुला गरीएको छ । एउटाको सम्झनामा एक विरुवा रोपिनेछ । एकहजार माली तथा हेरालु खर्च तिर्नुपर्नै छ । हरेक विरुवाको पचास रुपैया“ खरीदको लागि विद्यालयलाई बुझाउनु पर्ने छ । ठाउ“ अपुगभएमा बढाउन सकिने प्रअ केसीको भनाई थियो । पहिलो दिन मै उत्साह जनक सहभागिता थियो । धेरैले विरुवा रोपेका थिए । केहिले ठाउ रोकेर छोडेका छन् । विद्यालयका शिक्षक, विद्यार्थी, अभिवावक लगाएतको बाक्लो उपस्थितिमा उद्घाटन गरीएको थियो ।
घोराही उपमहानगरपालिका, बिद्यालय र योङ सेटले संयुक्त रुपमा मोटिभेशनल कार्यक्रम गरेका थिए । त्यस क्षेत्रमा तिनसय बोट रोप्न खोजेको योङ सेटका संयोजक जिवन थापाले जानकारी दिनुभयो । ‘जति रोपियो त्यति जाग्नुपर्छ’ थापाले भन्नुभयो, ‘कम्पतीमा हजार विरुवा रोप्नेहो ।’ उहाका अनुसार लिची, अम्वा, आप, रुद्राक्ष, बेल लगाएतका उपयोगी विरुवा रोप्ने लक्ष्य छ । आठ दशहजार खर्च गरेर काट्नु पर्ने का“डाको झारीमा फल फल्ने सपनाले विद्यालय परिवार मख्ख परेको छ । त्यसलाई मल जल र संरक्षण कत्तिको हुन्छ ? स्वर्गिए आफन्तको स्मृतिमा रोपिएका विरुवा सदा स्मरण योग्य बनाउने जिम्मा लिएको विद्यालयमा भरपर्ने छ । उपस्थितिले अझै धरैले त्यहा विरुवा रोप्ने र आफन्त सम्झिन विरुवा हेर्न जाने संकेत दिएको छ ।





