दाङ, ११ असार । राप्ती साहित्य परिषद्ले ६ जना साहित्यकारहरुलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । मनोनित सदस्यहरुमा हरिप्रसाद पाण्डेय, सन्तोष श्रेष्ठ, श्याम चिस, आदिम केसी, यमुना पुन र धर्मराज बैरागी (सानुकवि) रहेका छन् ।
त्यसैगरी परिषद्को सल्लाहकारहरुमा नारायणप्रसाद शर्मा, गिरिराज शर्मा, डा.अमर गिरी, उत्तमकृष्ण मज्गैंया, डा.गोविन्द आचार्य, गिरिप्रसाद बुढामगर, डा.लेखराज सुवेदी, डिबी टुुहुरो, र पूर्ण भण्डारी पंकज रहेका छन् ।
शुक्रबार बसेको परिषद्को बैठकले मनोनित सदस्य तथा सल्लाहकारहरुको चयन गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । त्यस्तै बैठकले परिषद्का पूर्वसल्लाहकार, आजीवन सदस्य एवम् पद्माकूल हास्यव्यङ्ग्य पुरस्कारका संस्थापक पुरस्कृत एवम् अभिनन्दित साहित्यकार भूपेन्द्र सुवेदीको २०७४ जेठ ३१ गते भएको असामयिक निधन भएकाले सुवेदीप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना व्यक्त गरेको अध्यक्ष खनालले बताए ।
