धनुषा, ११ असार । धनुषाको सिनरजोरामा आज बिहान एक शिक्षकमाथि गोली प्रहार भएको छ ।
बिहान विद्यालय जाने क्रममा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तले विलख सर्वोदय माविका प्रधानाध्यापक नरेन्द्र शर्मामाथि गोली प्रहारी गरेको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट शर्मा गम्भीर घाईते भएका छन् । शर्मासँगै रहेका सिरहाका आनन्द मण्डल डरले बेहोस भएका थिए । दुवै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पु¥याइएको छ ।