गोविन्द खड्का
घोराही, १५ जेठ । भर्खर कक्षा शुरु भएको हुन्थ्यो, विदा माग्न केहि छात्राहरु अफिसमा आईपुग्थे । वालविकास माध्यामिक विद्यालय घोराहीका एकाउन्टेन्ट चा“दना हमालका अनुसार उनिहरु एउटा पिरीयड नपढेरै घर फर्किन्थे ।
यो तिन बर्ष अघि सम्मको समस्या हो । अघिल्लो बर्ष स्वच्छ नेपालको सहयोगमा विद्यालयमा प्याडको व्यवस्था गरीयो । प्रयोग भएको प्याडलाई नष्ट गर्ने छुट्टै खाडल बनाईयो । छात्रा शौचालय भित्रै बाट त्यो खाडलमा खस्नेगरी प्वाल बनाईएको छ । यहि सुविधाले गत शैक्षिक सत्रमा छात्राले विदा मागेनन् । ‘कहिले काहि असाध्यै पेट दुख्यो भन्ने आउछन्’ हमालले भन्नुभयो, ‘उनिहरुलाई अभिवावक बोलाएर घर पठाई दिन्छौ । महिनावारी भएकाले प्याड लैजान्छन् ।’
करीव १७ बर्ष देखि सेवा गर्दै आएको बताउने विद्यालयका सहयोगी मंगल रोकाका अनुसार कुनै किसीमको फोहर बाहिर फाल्न पाईदैन । हरेक कक्षा कोठामा डस्टिवीन राखिएको छ । चौरमा ठाउ ठाउमा फोहर मलाई भनेर ठुल्ठुला सिमेन्टका रिङ गाडिएको छ । पहिला यतिका विद्यार्थी पनि थिएनन् । यस्तो व्यवस्था पनि हुदैन्थ्यो । अहिले भौतिक संरचनाको विकास र फरक विद्यालय प्रशासन भउको छ । चारैतिर पर्खालले बन्द गरेपछि बाहिरका पस्ने र विगार्ने खतरा कम भएको छ । विद्यालयमा अनुशासन कडा भएकाले जथाभावि गर्दैनन् ।
गेटवाट प्रबेश गर्दै स्वतः शरीर अनुशासनमा बाधिन्छ । चौर सफा चट देखिनु, विभिन्न संकेतहरुले एरो बनाएर भित्री संरचना देखाउनु, गमलाहरुमा फुलहरु सजिएको भेटिनुु, फोहर मलाई लेखिएका संरचना धेरै ठाउमा हुनुु, भद्रगोल र अस्त व्यस्त नभएको, विद्यार्थीहरु पनि आ आफ्नो काममा व्यस्त, शिक्षकहरु व्यफुर्सदिला देखिने । समग्रमा रहर लाग्दो दृश्यले बाध्छ । सरकारी विद्यालय भएर पनि संरचनाहरुले भित्रै देखि सम्मान र आदर सत्कारको भाव उत्पन्न गराउछन् । हजार बढि विद्यार्थी अध्ययन गर्ने विद्यालय क्षेत्र प्रशंसा नगरी रहन सकिन्न ।
अतिथि सत्कारमा प्रधानाध्यापकले समय दिनै पर्छ । अरुको सम्मान गर्नमा त्यहा का प्रअ राजेन्द्र कुमार श्रेष्ठ माहिर छन् । आफ्नै कुर्सीमा गजक्क नपरेर ढोका छेउको अतिथि सोफामा बस्छन् । अनुहार अतिथि तिर फर्काएपनि आ“खा बाहिर हेरेका हुन्छन् । जसले विद्यालयको सबै क्षेत्र नजर लाएको हुन्छ । कुन ठाउमा हुल भयो, कता विद्यार्थी खेल्छन्, चल्छन् वा गतिविधि के छ सबै ख्याल राख्छन् । तुरुन्तै कार्यालय सहयोगी परिचालन गरेर समस्या समाधन गर्छन् । कक्षा शुरु भयो नै कोहि पनि शिक्षक अफिसमा बसेर गफिन पाउदैन । ‘सि सि क्यामेरा जरुरी भएको छ’ आवश्यकताको बारेमा जानकारी दिदै प्रअ श्रेष्ठले भन्नुभयो, ‘सबै तयार भएको छ चाडै जोडिन्छ ।’ प्रअको कार्यकक्षमा एक मुठा तार कुनामा थन्काएको छ । प्रअ श्रेष्ठका अनुसार त्यसको विधिवत उद्घाटनको समय जुर्दै छ ।
आवश्यकता बोध गर्ने क्षमता छ । त्यस संगै विद्यार्थीलाई साईजमा ल्याउने पनि गतिलो विधि छ । विग्रेका विद्र्यीलाई समेत गतिलो बनाउने मुख्य औजार सम्झाई बुझाई हो । घरमा सा“ढे बनेर सताएको बच्चाका बाउ आमालाई यतै पठाउनुस म ग्यारेण्टिका साथ कन्भीन्स गर्छु भनेर विश्वास दिलाउछन् । त्यसकै लागि उत्कृष्ठ विद्यार्थी र फेल भएकालाई एउटै कक्षमा राखेर पढने वातावरण बनाई दिएका छन् । शिक्षकहरुको पनि उस्तै व्यव्स्था गरिएको छ । विग्रीहाल्न सजिलो छैन । २०६७ जेठ दुई गते प्रअ सम्हालेका श्रेष्ठले विद्यालयको पहिचान बनाई सकेका छन् ।
खानेपानीको सुविधा प्रशस्त छ । दुई ठाउमा सामुहिक वालमैत्री धाराहरुको व्यवस्था गरिएको छ । एकै पटकमा धेरै जनाले पानी प्युन सकछन् । वोतलहरुमा पानी कक्षा कोठा सम्मै लैजान्छन् । शुद्धिकरणका बारेमा जानकारी दिदै श्रेष्ठले भन्नुभयो, ‘अक्वागार्ड हाल्न ला छु’ प्रयाप्तताका बारेमा थप्नुभयो, ‘पानी नपुग्दा टेकर बाट ल्याउछु । नत्र धाराको पानीले प्रशस्तै हुन्छ ।’ खानेपानी र शौचालय प्रयोगमा अभाव छैन । हरेक कक्षा कोठामा डस्टिविन भएकाले फोहर व्यवस्थापन हुन्छ ।
विद्यालयले चेजीङ रुम भनेर नलेखिएपनि प्याड फेर्न सक्ने छुटै कोठाको व्यवस्था गरेको बताएको छ । त्यसले छात्राहरलाई राहत दिएको छ । प्रअ श्रेष्ठका अनुसार एउटा संस्थाले प्याड व्यवसाथा गर्छु भनेको छ । उसले नदिएपनि विद्यालयको अन्य श्रोत बाट प्याडको व्यवस्था गर्छ । ईमर्जेन्सीमा प्याडको सुविधा नभएर धेरै छात्राहरुको पढाई विग्रीने प्याड व्यवस्थापनको दुई बर्षको अनुभवले पुष्टि भएको श्रेष्ठले बताउनुभयो । छात्राहरुले महिनावारी भएको भन्न लाज नमानेपनि झन् सजिलाको लागि महिला एकाउन्टेनलाई जिम्मा दिएको बताउनु भयो ।
सो विद्यालयमा छात्राको लागी युरिनल सहित ६ कोठा शौचालय छन् । पुरानो शौचालय सहित छात्रका पनि ६ वटा कोठा छन् । दैनिक ४५ दिन ज्यालामा स्विपरले शौचालय सफा गर्छ । स्टाफको अटेज भएपनि पढाउन गएकालाई उतै शौचालयमा पस्ने भनिएको छ । दुई ठाउमा सामुहिक धारा छन् । सावुन भने देखिदैन्थ्यो । केहि शौचालय पछाडि खुला दिसा भेटियो । विद्यार्थीलाई दिसा गरेपछि प्रशस्त पानी हाली बगाउनु पर्छ भन्ने सिकाउन पनि आवश्यक देखिन्छ । त्यस बाहेक खोट लाउने ठाउ खास्सै भेटिन्न । ‘यति धेरै वाच गर्दा त कति गाहो हुन्छ ?’ प्रअ श्रेष्ठले भन्नुभयो, ‘यस पटक विद्यार्थी धेरै भएर फिर्ता गर्नुप¥यो । ठाउ नै छैन ।’ उहाका अनुसार एउटैमा ४५ जना जति विद्यार्थी राखिएको छ । वालविकासमा प्याड दिन थालेपछि छात्राले विदालिन छोडेका छन् । निजि विद्यालय छुटाएर अभिवावक भर्नागर्न ल्याउछन् ।











