गोविन्द खड्का
घोराही, २ जेठ । जोशी अटोभिल्ला घोराहीले क्वीड कार विक्री शुरु गरेको छ । तुलसीपुरका कुमार शाहले सोमवार पहिलो ग्राहक बन्नुभएको हो । ईन्टरनेटमा सर्च गरेरकार मनपराएको शाहले प्रतिकृया दिनुभयो । दाङमा यसको शोरुम नभएकाले लामो समय प्रतिक्ष पछी खरीद गर्न पाउदा खुशि भएको बताउनुभयो ।
नेपालका लागि अधिकारीक बिक्रेता एड्भान्स अटोमोवाईल प्रालिले गएको दशै अगाडि मात्रै नेपालमा विक्री शुरु गरेको थियो । घोराहीमा पहिलो पटक कार विक्री गर्दै जोशी भिल्लाका मेनेजीङ डाईरेक्टर आयुष श्रेष्ठले १८ देखि ५६ लाख सम्मका आधुनिक सुविधा सम्पन्न कार रहेको जानकारी दिनुभयो । अहिल क्वीड आठ सय सिसि आईपुगेको छ । क्वीड हजार सिसी भर्खरै लञ्च भएको छ । डस्टर पनि अत्याधिक माग भएको कारमा परेको छ । विभिन्न रंगमा रहेको फ्रान्सेली रिनल्ड कम्पनीको कार भारतमा अत्याधिक विक्री हुनेमा परेको श्रेष्ठको भनाई छ ।
ग्रउण्ड क्लेरेन्स धेरै भएकाले नेपाली भुगोलमा उपयुक्त हुने उनिहरुको भनाई छ । नेपालका कच्ची बाटोहरुमा सजिलै गुड्न सक्ने भएकाले पनि अत्याधिक माग हुने बताउनुभयो । सुपथ मुल्यमा अत्याधुनिक टेक्नोलोजीको कार भएकाले पनि ग्राहकरुले अति मन पराउने भिल्लाको दावि छ । यसमा एक्सचेञ्जको सुविधा पनि रहेकाले उपयुक्त छ । चाडै शोरुम निर्माण हुने त्यस वाट विक्री, पार्टस र सेवा सहज रुपमा उपलब्ध गराउने भिल्लाले जानकारी दिएको छ ।
सबैले प्रयोग गर्न मिल्ने नेपाली समुदाय सुहाउदो कार भएको डाईरेकर सुनिल श्रेष्ठले दावि गर्नुभयो । आएश्रोत अनुसार धेरैले चढ्न सक्ने कार भएकाले दुई बर्ष भित्रै लक्ष्यमा पुग्ने अपेक्षा गर्नुभयो । कार विलासी नभएर आवश्यकतामा बदलिएकाले नया लुक्स र आधुनिकता झल्कीने कार धेरै विक्री हुने बताउनुभयो । न्युनतम मुल्यमा उच्चतम सन्तुष्टि कारले दिने दावि गर्नुभयो । बैंकले दिने फाईनाईन्स सुविधा, ईन्टरनेट बाटै सबै कुरा थाहपाउने सुविधाले पनि कवीड विक्री उच्च छ । पेटोल र डिजल दुवै ईन्धन बाट चल्ने कार छन् । माईलेज २५ दशमलव १७ किलोमिटर माईलेज रहेको बताईएको छ । बजारमा आक्रामक रुपमा अघि बढ्ने लक्ष्य छ ।