गोविन्द खड्का
दाङ , ३० बैशाख । ‘मैले हिजो साझा खानै खाईन । राती एक दुई बजे सम्म काम गर्नुपयो । कति बेला खानु ?’ बैठकमा आफ्ना भनाई राख्दै उज्यालो विहानी फाउन्डेशनका एक परिकल्पनाकार गिरबहादुर महरा रोदनले आफ्ना भनाई शुरु गर्नुभयो । विहिवार घोराही १८ पिपल खालीमा भएको बैठकका सबै सहभागि सहमत भए । किन भने फुटवल ग्राउण्ड बनाउन दिन रात डोजर चलेका छन् ।
शुरुवातीमा युवाहरुको सिमित कार्यक्रमका रुपमा बुझिएको थियो । कामले फराकिलो बनायो । यति वेला उज्यालो विहानी फाउन्डेशन सिंगै गिठेपानी क्षेत्रका वासिन्दाको प्रतिष्ठाको विषय बनेको छ । त्यति मात्रै होईन घोराही बजारमा खुला क्षेत्र भेटाउन मुश्किल भएको छ । सभा सम्मेलन, गर्ने फराकीलो ठाउको अभाव छ । त्यस हिसावले पनि मैदान बहुउद्देश्यीय हुने देखिन्छ ।
कामलाई गति दिने उर्जाको लागि भन्दै विहिवार त्यस क्षेत्रका अगुवाहरुको भेला गरीएको थियो । उनिहरुले युवाहरुको सकृयताले गिठेपानी क्षेत्रको पहिचान बदलने निश्चीत भएको सुनाए । उनिहरुले सबैतिरका युवाहरु केहि त गरौ है भन्दै सलवलाएको बताए । अन्तका युवाहरुले पनि सामाजिक कामलाई प्राथमिकता दिएपनि अगुवा भने आफ्नै फाउन्डेशन हुने भनी गर्ब गरे ।
गरीरहेका काममा नाजायज भनेर संकागर्ने कुनै ठाउ छैन । भयारस्थान टोलका अध्यक्ष कवल बुढाका अनुसार सबै काम राम्रा छन् । सबै क्षेत्रमा सडक बत्ती नबलेकाले कति बेला आउला भनेर आतुर देखिन्छन् । कतै अगुवाहरुले आफ्नो क्षेत्र मात्रै झिलीमिली पार्नेहुन कि भन्ने संका जागेको छ । त्यसलाई मेटाउन भित्रि बस्तिमा पनि सडक बत्ती बल्ने व्यवस्थाका लागि आग्रह गर्नुभयो । त्यस क्षेत्रका सबै व्यक्तिलाई चलायमान बनाउन सकेकोमा फाउन्डेशनलाई धन्यावाद दिनुभयो ।
योजना बनाउदा सबैका एकमत र अपनत्व हुनुपर्ने टोलका अगुवाहरुले सुझाव दिएका छन् । हरेक सदस्यलाई मैले गरेको हु । यसमा लगानी गर्नुपर्छ भन्ने अनुभुति गराउन गिठेपानी टोल विकास संस्थाकाक अध्यक्ष नम बहादुर खत्रिले सुझाव दिनुभयो । उहाका अनुसार त्यसका लागि टोलविकास संस्थाका बैठकमा सहभागि हुनुपर्छ । फाउन्डेशनका पदाधिकारी पुगेर आधिकारीक धारना राख्नुपर्छ ।
टोलका भित्रि वस्तीहरुलाई पनि समेट्नु पर्छ । त्यहा उज्यालोको मात्रै समस्या छैन । आवश्यकता र माग अनेकौ छन् । प्राथमिकता र क्षमताका आधारमा पुरा गर्दै लैजानुपर्छ । आत्तीएर अहिलै गर्छु भन्ने होईन । जति गरीन्छ सबै निर्णय टोलवासीले सहमतिमा गर्नुपर्ने हुन्छ भन्नुभयो गाउवेशी टोल विकास संस्थाका अध्यक्ष मेघबहादुर शाहले । टोल विकास संस्थामा जम्माहुन आएको कुनै विषयको रकम फाउन्डेशनले थालेको अभियानमा लगाउने दिदि बहिनी टोल विकास संस्थाका अध्यक्ष घन बहादुर रावत र मिलि जुली टोलविकास संस्थाका अध्यक्ष्मा मातृका पाण्डेले घोषणा गर्नुभयो । गुनासो होला राम्रा काममा कसैको विमति र असहयोग हुदैन ।
फाउन्डेशनमा काचा युवाहरु मात्रै छैनन् । पढेलेखेका खारीएको पुस्ता पनि छ । त्यसलाई सल्लाह सुझाव दिने पाको पुस्ता तम्तयार देखिन्छ । कतिपय अबस्थामा उम्लीदो रगतका युवा एक्लै बढ्ने खोज्ने अबस्था पनि देखिएको छ । त्यसका लागि अनुभवि पुस्ताको सहभागितालाई महत्वदिन बुद्धिजिवि अशोक भुषालले सल्लाह दिनुभयो । ‘अलि बुढापाका र टोलका अध्यक्ष भएर अघि बढे सजिलो हुन्थ्यो कि ?’ भुषालले भन्नुभयो, ‘युवाले मात्रै सक्दैनन् भन्न खोजेको होईन ।’
सरकार भन्दा अघि बढेर कुनै पनि संघ संस्थाले काम अघि बढाउन सक्दैन । उनिहरुको समन्वयात्मक काम हो । निर्णायक जवाफ दिने सरकारले गर्छ । यति बेलाको विश्वास र आड टोलवासीनै हुन् । उनिहरुको अपनत्व र लगानी नै सर्बोपरी हुन्छ । राज्य तह बाट ल्याउन सकिने सहयोगीमा पहल गरीने नेपाली कांग्रेशका सचिव दिनेश अधिकारीले बचन दिनुभयो । चलिरहेको काम सम्पन्न गर्न नया योजनामा हात नहाल्न आग्रह गर्नुभयो । सबै ठाउमामा हातहाल्दा काम अस्त व्यस्त हुन्छ । अधुरो भयो भने काम गर्नेहरुलाई तनाव बढाउछ । पुर्ण उपलब्धी नभए टिका टिप्पनी धेरै हुन्छ । त्यसले दःख र आलोचना दिन्छ । भन्दै सहभागिहरुले थोरैमा हात हाल्ने निम्ट्याएर मात्रै अर्को काम थाल्न फाउन्डेशनलाई सुझाव दिए ।
शुरुवात अनुमानका आधारमा गरीएको थियो । त्यस बेला आकलन गरेका सबैकुराहरु अपुग भएका छन् । स्थानियका लागि पहिलो प्राथमिकता सडक बत्ति परेको छ । सय नाघ्दैन भनेको डेढ सय पोल पुग्ने अनुमान गरीएको छ ।
युवापुस्ताले खेलमैदान चाहान्छ । कालिका सामुदायीक वनको जमिनमा बनाउन खोजेको मैदान राकिएपछि भाडामा लिएर सम्याउन थालेका छन् । हरेक बर्ष दिने भाडा आफै व्यहोर्ने भनेर युवाले दवाव दिएको फाउन्डेशनका रोदन ले जानकारी दिनुभयो । बैदेशिक रोजगारमा रहेका युवाहरुको लगानी र आकांक्षा संवोधन गर्न आफुहरु खेलमैदान भाडामा लिन बाद्य भएको सुनाउनुभयो ।
दिन रात डोजर लागेर ग्रउण्ड सम्याउदै छ । दुई तिन वटा सम्म डोजरहरु लागि रहेका छन् । विस तिस हजारमा सम्पन्न हुने अनुमान गरेका युवाहरु लाख खर्च पुग्ने होकि भनेर डराएका छन् । व्यक्तिको जग्गामा त्यसरी गरीएको लगानि धेरैले पचाउन सकेका छैनन् । भोलि फिर्ता गर्दा नोक्सान हुने भएकाले लगानीमा त्यति जागर देखिन्न । त्यसो भन्दा सामुदायीक वनको माहुराी पालनको खाम्दानी खर्च गर्न फाउन्डेशनले प्रस्ताव गरेको छ । त्यसका लागि टोल र बन संग छलफल गरेर चाडै निकास निकाल्ने छलफल पछि निष्कर्ष निकालीएको छ ।
जोश जागर र हौसला बचाई राख्न र थप उर्जा दिन पदाधिकारीहरुले आग्रह गरे । अभियान्ताहरु ऋषिराम केसी, हिक्मत घर्तिमगर, कलबहादुर पुन, रामु श्रेष्ठ, फन बहादुर खत्री, रोम रावत, गोविन्द केसी, र धन कुमार पुन लगाएतले सबै काम छोडेर अभियानमा लागेको बताए । उनिहरु न चुनावका उम्मेद्धार हुन, न तलव भत्ता वा अन्य लाभ लिएका छन् । उनिहरुलाई जोश थपेको छ केवल विदेश वाट युवाहरुले गर्ने फोन र च्याटको सन्देशले । हामिले केहि गर्न सकेनौ । हाम्रो भाग्यमा रहेन छ । कति खर्च लाग्छ त्यहा बसेकाले देखाउ भनेर विदेशबाट शक्ति प्रदान गरेको फाउन्डेशनका अध्यक्ष कृष्ण केसिको भनाई छ ।