गोविन्द खड्का
घोराही, ३० बैशाख । छात्रा शौचालय नजिकै अर्को ढोकामा अंग्रेजीमा लेखिएको छ ‘चेञ्जिङ रुम’ । त्यो ढोका खोलेर ्भित्र छिरेपछि शौचाय भेटिन्छ । टेवुलमा पानी सहितको हिलटयांकि राखिएको छ । थोरै खुला ठाउ“ बचेको देखिन्छ । जनज्योति विद्यामन्दिर घोराहीले छात्राहरुलाई दिएको थप सुविधा हो ।
प्राकृतिक नियमले छात्र भन्दा छात्रा फरक ढंगको बनाएको छ । जति फरक छ त्यो सबै संवेदनशिल मानिन्छ । लाजमर्दो अंगका रुपमा लिईन्छ । विद्यालयमा भने विस्तारै सहजतामा बुझ्न थालेको बताईएको छ । विद्यालयका उकाउन्टेन्ट रमेश घर्तिका अनुसार मिन्स भएको छ । पेट दुखयो घर जान्छु भन्न छात्राहरु अफिसमा आउन थालेका छन् । केहि बर्ष अघि थाहै दिंदैन्थे ।
नया भवन बनाए पछि विद्यालयले छात्राहरुलाई महिना बारी भएको बखत प्याड फेर्ने ठाउ“ बनाएको हो । प्रयोग भएको प्याड फाल्न सामान्य वाल्टी राखिएको छ । त्यसमा खोलेर भित्र हाल्ने र बन्द गर्ने सुविधा छ ।
यतिले पुगेको मान्न सकिन्न । ढकन खोल्दा गन्ध बाहिर आउदा गन्ध सुघ्नु पर्ने वाद्यता छ । त्यहा प्याड नराखिएकोलेले खास्सै महत्व छैन । अहिले सम्म विद्यालयले प्याड किनेर दिने नगरेको घर्तिले जानकारी दिनुभयो । उहाकाक अनुसार आफै व्यवस्था गरेका हुन्छन् । यदा कदा धेरै पेट दुख्दा घर फर्किने गरेका छन् । पहिलो पटक महिनावारी भएका प्याड नहुनेहरु पनि फर्केको हुन सक्छ । उनिहरुलाई सुविधा दिनका लागि चाडै विद्यालय प्रशासनले कार्यक्रम ल्याउनु पर्छ ।
तपाईको विद्यालयमा चेञ्जीङ रुमको व्यवस्था रहेछ हेरौ की ? भनेर सोधिएको प्रश्नले विद्यालयका प्रिन्सीपल पिताम्बर शाहलाई थोरै अफ्ठेरो बनाएको थियो । ‘आज भोलि पसिएको छैन । कस्तो पो बनाएका छन् ?’ भनेर जवाफ दिनुभयो । तर कत्ति पनी ढिला नगरी रुम देखाउनुभयो । उहाको भनाईले शिक्षक कर्मचारी बाट नियमित हेरफेर नहुने रहेछ भन्ने बुझिन्थ्यो । शिक्षक स्टापको छुट्टै शौचालय हरेक तलामा छ । त्यसो नगरी छात्राकोमा शिक्षीका र छात्रकोमा शिक्षक पस्ने व्यवस्था गर्नु पर्ने देखिन्छ । त्यसो गरे नियमित निगरानी र सरसफाइ हुन्छ ।
विद्यालयका अनुसार चारतले ठुलो भवनको तलै पिच्छे पाच वटा शौचालय छन् । युरिनल छात्रा छात्रा, शौचालय छात्र छात्रा र शिक्षक स्टापको एउटाका दरले व्यवस्था गरिएको छ । त्यसरी शिक्षक स्टापको छुटै हुनु ठिक होईन । दुई हजारको हाराहारीमा विद्यार्थी र ९२ जना शिक्षक कर्मचारी छन् । दैनिक सफा गर्ने छुटै कर्मचारीको व्यवस्था छ । त्यसो भएकोले पनि शिक्षक र प्रशासनको आखा नपुगेको हुन सक्छ । सिंगै विद्यालय परिवार छात्र छात्रामा मात्रै बाडिए बालमैत्री विद्यालयको एउटा सुचक पुरा हुन्छ । भर्खर विद्यालय शुरु भएकाले व्यवस्थित गर्दै लैजाने शाहले बताउनुभयो । नर्सरी देखि तिन सम्म कक्षा पिच्छे फिल्टर राखेर सुद्ध खानेपानी दिएको बताएको छ ।
अहिले सम्म विद्यालयले छात्राहरुलाई प्याड दिने गरेको छैन । उनिहरु अफ्ठेरो परेको भने प्रिन्सीपल आफैले महशुस गर्नुभएको छ । ‘अफ्ठेरोमा परेको देखेको छु’ उहाले भन्नुभयो, ‘व्यवस्थापन गर्ने बारे छलफल चलाएका छौ ।’ उहाहरुका अनुसार अब महिनावारी लाज मान्ने र लुकाउने विषय रहेन । काम चलेकै छ भनेपछि त्यति ध्यान नपुगेको हो । चाडै व्यवस्था हुन्छ । अहिले विद्यार्थीहरु कापि किताव संगै प्याड बोकेर आउछन् । जसले व्यवस्था गरेका हुदैनन् उनिहरु फकिन्छन् । अलि बढि पेट दुख्नेहरु पनि घर फर्किन्छन् । अघिल्लो बर्ष थोरै विद्यार्थीमा मात्रै फर्किएको बताए । पहिलो पटक महिना वारी हुनेहरुका लागि अझ बढि समस्या छ ।
विद्यालयको आफ्नै वोरिङ भएकाले पानीको सुविधा छ । त्यहि प्रशस्त खानेपानीमा शुद्धिकरणको व्यवस्था छ । हरेक तलामा रहेका टंकिमा पानी भर्नका लागि जेनेरेटरको सुविधा छ । प्रत्यक तलाका धारामा तिन चारवटा टुटि छन् । बच्चाहरु पानी भरेर कक्षामा लैजान सक्छन् । बालमैत्री धाराहरु छन् । तलै पिच्छे धारा, शौचालय भेटिन्छन् । तर गल्लीहरुमा डस्टिविनको भने जरुरत देखिन्छ । खादै फाल्दै गरेका चाउचाउ, चोको पन, विस्कुट लगाएत जंक फुडका खोस्टाहरुले सुन्दर भवनको अपमान गरेका थिए । विद्यार्थिमा डस्टिविनको प्रयोग सम्वन्धि व्यवहारको कमि रहेको देखाउथ्यो । हरेक कक्षामा डस्टिविन राखिएको प्रिन्सीपल शाहले जानकारी दिनुभयो ।
प्रिन्सीपल शाहले तलै पिच्छे ग्रउण्ड डिउटि लगाउने शाहले जानकारी दिनुभयो । फ्लोवर पिच्छे कुनै समस्या निम्तन्न । अहिले शुरुवातमाक अलमलको स्थिति देखिएको हो । शाहले सबै फोहर घोराही उपमहानगर पालिकाको सरसफाइ गाडिले लैजाने गरेको बताउनुभयो । सल्लाह सुझावलाई सम्वोधन गर्दै आगामि शैक्षिक सत्र अघि बढाउने शाहको भनाई थियो । भर्खर विद्यालय सञ्चालनमा आएकोले त्यसको व्यवस्था मिलाउदै गरेको शाहले बताउनुभयो थियो । सुन्दर र भव्य विद्यालय बाट बानी व्यहोरा सप्रियका असल विद्यालर्थी तयार गर्ने विद्यालयले बताएको छ ।