प्रेस काउन्सिलमा प्रधानमन्त्रीको सचिवालयद्वारा उजुरी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”का सुपुत्र एवं प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले बिहीबार पोष्ट गरेको सेल्फी तस्वीरले सामाजिक सञ्जालमा ठूलै तरङ्ग ल्यायो । उक्त सेल्फीमा चितवनमा आयोजित कांग्रेस–माओवादी केन्द्रको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र स्वयं प्रकाश दाहाल तस्वीर थियो ।
प्रधानमन्त्री पुत्र प्रकाश दाहालले बिहीबार पोष्ट गरेको सेल्फी ।
उक्त सेल्फीमा प्रकाश दाहालको छेउँमा एउटी युवती बसेकी र उनी क्यामेराको फ्रेमआउट हुन खोजेको देखिन्छ । प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल चितवनको भरतपुर उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले लेखेको लिखित पत्र प्राप्त गरेपछि कांग्रेसका उम्मेदवारले उम्मेदवारी नै दिएनन् । सोही विषयमा सामाजिक सञ्जालमा ठूलो रडाको मच्चिएकै छ । आफ्नी छोरीका लागि प्रचण्डले शेरबहादुर देउवालाई आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी रोकेको आरोप त त्यसै छँदैछ । उनै मेयर पदका उम्मेदवार रेणु दाहालको पक्षमा आयोजित संयुक्त चुनावी सभा ९कांग्रेस–माओवादी केन्द्र०मा सम्बोधन गर्न एकसाथ एउटै जहाजमा सँगै बसेर जान थालेको तस्वीर ऐतिहासिक नै थियो । र, विपक्षीहरुका लागि ठूलो मसाला पनि ।
प्रधानमन्त्री पुत्र प्रकाश दाहालले बिहीबार पोष्ट गरेको सेल्फीमा छुटेकी प्रकाश दाहालकी जेठी दिदी ज्ञानु दाहालकी छोरी अर्थात भाञ्जी ।
सोही सेल्फीमा फ्रेमआउट हुन खोजेकी युवती को थिइन् रु यो प्रश्नको उत्तरमा कैयौं हावादारी समाचारहरु प्रवाहित गरिए जो निर्लज्ज पत्रकारिता भन्नलायक थियो । उक्त सेल्फीलाई विषय बनाएर लेखिएको नेपालखबर डटकमको समाचारले ती युवती प्रकाश दाहालकी श्रीमती बिना मगर भएको अनुमान गरेको छ । यद्यपि यसको समाचार सन्तुलित नै लाग्छ । उता, लाइटनेपाल डटकम र नेपालपाटी डटकमले चाहिँ नेपाली पत्रकारितालाई नै लज्जित तुल्याएको छ । यी दुई अनलाइनको समाचारमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहालको चरित्रमा समेत औंला उठाउँदै उनीसँग जोड्ने कुचेष्टासमेत गरिएको छ । यी समाचारबारे प्रधानमन्त्रीको सचिवालयको तर्फबाट प्रेस काउन्सिलमा उजुरी समेत परिसकेको छ ।
विमानबाट ओर्लिँदै गर्दा ।
उजुरीमा बदनियतपूर्वक समाचार सम्प्रेषण गरी प्रधानमन्त्रीपुत्र प्रकाश दाहालको चरित्र हत्या गरिएको उल्लेख छ । “उक्त समाचारका सम्बन्धमा सत्यतथ्य छानविन गरी यथाशीघ्र दोषी पत्ता लगाई कडा कारवाही गर्न माग” गरिएको छ । उक्त उजुरी प्रधानमन्त्रीको निजी सचिवालयको तर्फबाट दीपक चुँदालीले दिएका छन् ।
नेपालपाटी डटकमको समाचार ।
नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा त्यति ठूलो तरङ्ग ल्याउने र खोजिएकी ती युवती वास्तवमा को थिइन् रु उनी थिइन् प्रकाश दाहालकी भाञ्जी । ४ वर्षअघि मृत्यु भएकी जेठी दिदी ज्ञानु दाहालकी छोरी थिइन् उनी । यति सम्वेदनशील सम्बन्ध भएकी दिदीकी छोरीसँग जोडेर यस्तो हावा समाचार लेख्नसक्ने नेपाली पत्रकारिता निर्लज्ज बनेकै हो रु यो प्रकरणले नेपाली पत्रकारिता जगतलाई नै लज्जित बनाएको छ । पहिलोपेज डटकमबाट