दाङ, २९ बैशाख । दाङमा पहिलो पटक मेन्था क्रिष्टल उत्पादन प्रशोधन उद्योग स्थापना भएको छ । जिल्लाको घोराहीमा करीव रु. २ करोडको लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो ।

mentha indutryसाना तथा मझौला कृषक आयवृद्धि आयोजना (एडीबी) को पुरक अनुदान र सुगन्ध हर्वल इण्ड्रष्टिस प्रालिको साझेदारीमा मेन्थाको तेलवाट औषधि तथा विभिन्न क्रिममा प्रयोग हुने कच्चा पदार्थ (केमीकल) उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको बताइएको छ ।

साना तथा मझौला कृषक आयवृद्धि आयोजनाको रु. ६७ लाख ९७ हजार १ सय ६७ रुपैयाँ र सुगन्ध हर्वल इण्ड्रष्टिस प्रालिको १ करोड २४ लाख २८ हजार रुपैयाँ गरी १ करोड ९२ लाख ३५ हजार ४ सय रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आएको सुगन्ध हर्वल इण्ड्रष्टिस प्रालिा अध्यक्ष हिमबहादुर डाँगीले जानकारी दिए ।

घोराही उपमहानगरपालिका–१७ भैसाहीमा उद्योग स्थापना भएको यहाँका मेन्था उत्पादन गर्दै आएका कृषकहरुका लागि विशेष सहयोग पु¥याउने छ भने दाङसहित पश्चिम तराईका बाँके, बर्दिया, कैलालीसम्मका कृषकहरुलाई व्यवसायमा थप उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो उद्योग दाङ मात्रै होइन नेपालकै पहिलो भएको दावी गरिएको छ । उद्योगले बार्षिक झण्डै १ करोड मुल्य बराबरको मेन्थाको तेल किन्ने लक्ष्य राखेको छ ।