govinda

गोविन्द खड्का
चुनाव खारेज हुनुपर्छ भन्ने एउटा नेतृत्व मरो घरमा छ । फरक फरक पार्टिलाई म त दिने देखि चुनाव लड्ने शक्ति पनि घर भित्रै छ । उनीहरु सबैलाई राजनीतिक स्वतन्त्रता हाम्रो घरमा छ । कसैको पक्षमा हुन वा नहुनु संग मैले सरोकार छैन । स्थानिय चुनाव हुनुर्ने म त राख्दैछु ।

यति भनिरह“दा जनयुद्धको सिपाहि बनेको पटक्कै भुलेको छैन । सरकारी जागिर हराएपछि जनमुक्ति सेनाहुदा संसार हिडेको बाटो भनेर चित्त बुझाएको थिए । अहिले फेरी वाच्नका लागि निजि संघ संस्था र व्यवसायमा धाउदा कत्ति पनी खुशि छैन । त्यस संगै म अहिले पनि शहीद परिवार संग छु । जनयुद्धको घाउ दुखेको मलाई पटक पटक महशुसहुने गरेको छ ।

संसदिय व्यवस्था ध्वस्त पारी नया“ जनवादि सत्ता स्थापना गर्न हिडेको हो । त्यहि लक्ष्य बहुदलीय व्यवस्था आउनु अघि माले एमालेमा पनि थियो । जेलनेल भुमिगत जिवन तिनका थुप्रै कार्यकर्ताले झेलेका छन् । अहिले पार्टिको नेतृत्वमा छन् सरकार हाक्ने अबसर पाउने गर्छन् । त्यहि आधारमा अबसर वादि भनेर आरोप थोपरेको हो । त्यस वेलाका योद्धाले बल्खुमा आत्महत्या गरेको घटना हाम्रा सामु ताजै छ । यद्यपी प्रजातन्त्र स्थापना गर्न नेपाली कांग्रेशले पनि रगत पसिना बगाएको थियो । त्यति बेलाका शहिद व्यपत्ताले अहिले सम्म पनि न्याए नपाएको भनिन्छ । क्रान्ति हरेक पटक सम्झौतामा टुगिएको छ हामिले विजयमा लैजाने भनेको हो ।

संविधान सभाको चुनावलाई लक्ष्य सबै ठुला दलहरुले बनाएका थिए । समाजवाद हुदै साम्यवादको सपना सबै कम्युनिष्ट घटकहरुमा छ । उनिहरुले अनेकौ टुक्रा परेर बाटो खोज्छन् । जति चिरा परेपनि लक्ष्यमा पुग्ने बाटो पहिल्याउन सकेका छैनन् । हाम फालेर पुग्ने सतह होईन । समाजवाद हुदै साम्यवाद सम्मको विशाल फा“ट आवेग, आक्रोस र मनोवादले भेटिदैन । अहिले सम्मका प्रयास र क्रान्तिका आधि वेहरीहरुले पुष्टि गरेको तथ्य हो ।

ईतिहास लेख्ने र विश्लेषण गर्नेहरुका अनेकौ तर्क होलान् । मैले गरेको अध्ययनका आधारमा पहिलो संसदको चुनावमा जाने कांग्रेश एक ढिक्काका साथ राजी थिएन । पञ्चायतको विदाई पछिको आन्दोलन समाप्ती गर्न एमालेमा सहमति जुटेन । उतिबेलै एकथरी गणतन्त्रको पक्षमा थिए । त्यहि रोग जनयुद्धको समाप्तीमा देखाप¥यो । गणतन्त्र स्थापना पछि माओवादिको एकमत हुन सकेन । संघियता, समानुपातिक, धर्म निरपेक्षता जसता ठुला उपलब्धी हासिल भए । जनयुद्धका विरोधिले यहि विषय घुषाएकोमा आपत्ती जनाए । एक टुक्रा माओवादिहरु यो केहि होईन भनेर भर्कीए । एउटा धार अझ क्रान्तिकारी नारा उरालेर फेरी आन्दोलन आ“ट्यो ।

नेताहरुका धार बनि सकेपछि, पार्टि छिन्न भिन्न भएपछि त्यसका सिपाहीहरु बा“डिनु कत्तिपनी अनौठो होईन । नेतृत्व नै विभाजित भएपछि पछि लाग्नेहरुको दोष छैन । जसको कुरा सुनेर घर बार, सुख सयल त्यागेर युद्धमा होमिए । कसैले छोरा छोरी, कतिले श्रीमान् श्रीमति, धरैले आमा बुवा र दाजुभाई गुमाएर बन्दुक विसाए । घाईते अपांग छटपटाईरहेका समाचार बेला बखत प्रकाशित प्रसारीत हुन्छन् । उनिहरुले बुझ्न सकेका छैनन् नेताहरु भान्सा अलग्याएर किन बाडिन्छन् ? हिजोको भाषण कति सम्भव थियो र कति व्यवहारमा उतार्न सकिन्थ्यो ? कतिले बुझ्ने प्रयास नगरी ह बहु उतार्न लम्पट भएर लागेका छन् । कतिले प्रचण्डलाई झापड हानेर बदला लिएको महशुस गरे । कति देख्लास्, पख्लास् भनेर सिंङौरी खेलिरहेका छन् । तिनलाई तिमाल्ने उपाए क्रान्तिको भाखा भएको छ । त्यो व्यवहारमा कति सम्भव छ ? गरेर पुष्टि हुने हो कि ? भोलि दुर्घटनामा पारेर अर्को आपद ल्याउने हो । जसप्रति जति धेरै आशा र विश्वास हुन्छ त्यसले उत्तिनै पिडा दिन्छ । धु्रर्व सत्य कुरा हो ।

आफ्ना आफन्तले रगत बगाएको हुनाले तिमिहरुले पनि घाउ सहनै पर्छ भनेर उक्साउन कसैलाई सकिन्न । म युद्धमा बा“चेर नाच्न पाए“ अब केहि नहोस भनी कुनै भगवान संग मेरो प्राथना पनि छैन । उचित लागेको खण्डमा अहिले पनि मर्न तयार रहेको यहि आलेख मार्फत स्पष्ट पार्छु । साझ विहान हरेक बेला देख्न र भोग्न सक्ने जनयुद्धको पिडा म संग छ । उस्तै आफन्त र साथि संगि संग उठ वस र व्यवहार हुन्छ । त्यो पिडालाई थोरै भएपनि शित्तल दिन्छु भन्ने आटेको छु । त्यसका लागि केहि व्यक्तिगत कुराहरु अहिले पनि त्यागेको छु । त्यहि त्यागका बारेमा मेरा आफन्त बाट बेला बखत चिन्ता व्यक्त हुन्छ । मानसिक दवाव दिएपनि विचलीत बनाउन सकेका छैनन् । आफुले जुन सुकै पिडा व्यहोर्न समर्थ छु तर धोका दिन असम्भव कुरा हो । यो लेख मार्फत पनि विश्वास दिलाउन चाहान्छु । जनयुद्धमा हाम्रो परिवारले पनि लगानी गरेको छ । अहिले केहि फटाहहरुले बेला बखत अनेकौ बहाना गरेर पाखा लाउने दुश्प्रयास गर्छन् । म चुनौति दिन्छु तिमिहरुका षड्यन्त्र, खुसामद, उन्मादले पहिचान मेटाउन सक्दैनौ ।

केहि जिल्ला र गाविसहरुको केहि बर्ष अघि अध्ययन गर्ने अबसर पाएको छु । तिन चार दलका अगुवा मिलेर धेरै ठाउ“मा विकास बजेट हिनामिना गरेका छन् । जिल्ला सभापति देखि मेयर, गाविस अध्यक्ष र वडा अध्यक्ष कर्मचारीले सम्हालेका छन् । उनिहरुलाई ति दलका नेताले धम्काएर, फुलयाएर, बाडीचुडि गरेर हरक उपाए बाट प्रभावमा पारेर बजेट सकेका छन् । उपभोक्ता समिति अनुगमन समिति सबै आफै रहेका छन् । कागज मिलाएर विकास निर्माण को बजेट खर्च भएको छ । त्यसको कारण खोज्ने सम्म ठाउ“ छैन । एउटालाई भन्दा अर्को पार्टि रिसाउने, कर्मचारीलाई टिठ लाग्ने, भ्रष्टचारको पुष्टि गर्न नसकिने । जवाफ दिने निकाए नभेटिने । धेरै योजना, घटना र विषय बस्तुमा जवाफ दिने निकाए नहुदा अधुरो भएको अनुभव छ ।

पद सम्हालेका कर्मचारी आट्न नसक्ने । विदामा बस्दा वा पद रिक्त रहेको बखत सामान्य सिफारीस पनि लिन नपाउने समस्या छ । गाली गर्ने र पिडा पोख्ने सम्म ठाउ नागरीकले भेटाउन सकेनन् । देश बदल्ने लक्ष्य बोकेर पार्टी बनाएका नेताहरुले नागरीक यति प्रताडित हुदा, देशको ढुकुटि दुरुपयोग गरिदा, विस बर्ष सम्म अभिवावक विनाका व्यवारीसे रह“दा समेत गम्भिर बनेनन् । आफ्नै डम्फु बजाएर, भजन सुन्नेहरुलाई खेर बटुल गरेर वितण्डा मच्चाईरहे । चाहे हारुन, चाहे जितुन्, कसैको जमानत खोसियोस वा कसैको पार्टिनै सकियो त्यस संग कुनै साहिनो राख्नु हुदैन्थ्यो । यो लेख तयार पार्दा सम्म प्रधानमन्त्री प्रचण्डले जिम्मेवारी लिएका छन् । आफु हारेर पनि देशलाई अघि बढाउने भन्छन् । प्रधानमन्त्रि पुष्पकमल दाहालले भने जस्तै नागरीकले आफ्नो अमुल्य मत बाट आफ्नो नेतृत्व चुन्ने अबसर पाउनु पर्छ । सबैले वातावरण बनाउनु पर्छ । अन्य कारण उठाएर अहिले चुनाव विरोधी गतिविधि चलाउनु हुन्न ।

लडाई जारी रहन्छ । साम्यवाद पुग्ने यात्रा चलिरहन्छ । त्यो लक्ष्यमा पुग्न यो चुनाव रोकेर सहज हुदैन । यसले न दुश्मन किटान हुन्छ । न त समाजमा धु्रविकरणको वातावरण नै बन्छ । भोलिको निर्वाचित सरकार संग मात्रै लड्न सजिलो छ । उसका हरेक गलत कदमका विरुद्ध जनता जगाउन सकिन्छ । कर्मचारीका खिलापमा जनता उरालेर के अर्थ रहन्छ ।

जनमतले अनुमोदित नेतृत्व गल्ती गरे चाडै गिर्न सक्छ । उसलाई कुर्सीवाट खसाल्दा अहिले मत दिएका जनताले अर्को जितको महशुस गर्ने छन् । उसको घरमा रुन गए सुहाउछ । मर्न परे पनि अर्थ रहन्छ । मार्न सकियो भने पनि बहादुरी कमाईन्छ । पद सम्हालीदिएका विचरा कर्मचारी संग के को जोरी खोज्नु ? त्यसका लागि पनि चुनाव चाहिएको छ । यो चुनाव खारेज हुनुपर्छ भन्ने मत लाई गाली गर्ने होईन । जनमत त्यसैमा गएर अर्को कुनै सर्थ सम्मत उपाए निकाल्छ भने स्विकार्नुपर्छ । भाडभैलौ गर्नुभन्दा स्वतन्त्र उम्मेद्धार उठाएर भएपनि दर्ता नभएका पाटि बढुन लाभदायीक छ । स्थानिय तहमा प्रतिनिधी घुसाउने उपाए खोज्नुपर्छ । त्यसले भोलि गलत निर्णयका विरुद्ध लड्न सकोस् । बाहिर जनता उचाल्न मद्धत गरोस् । राजा काल देखिनै प्रधान मन्त्रीले भित्रको निर्णय चुहाएर हिंसा भड्काएका उदाहरण छन् । जनताको बल बाट थुप्रै निर्णय गरीएका छन् । अबको त्यहि बाट विद्रोहि दलले समात्नुपर्छ ।

चुनावमा गएपछि शहिदको रगतको अपमान हुदैन । चुनाव नगराउदा झन् धेरै अन्याए सहेका छन् । जनताले परिवर्तनको अनुभुति नगर्नु जिम्मेवार जवाफ देखि नेतृत्व नहुनेले हो भन्ने बुझ्नै पर्छ । जव निर्वाचनबाट छनौट हुदैन तव दिने स्थानमा पुग्दैन । दिन मिल्ने ठाउ नगएपछि उसले के दिन्छ ? गफ दिन्छ । सम्वोधन दिन्छ । भाषण र आश्वासन भन्दा अरु थोक उससंग हुदैन । त्यो तहमा नपुग्दा सम्म उसको क्षमताको मुल्यांकन गर्न पनि सकिदैन । पहिलो कुरा त्यो स्थानमा पुग्ने हैसियत बनाउनु पर्छ । बहुमतले स्विकृत गरीएपछि उसको परिक्षा हुन्छ । ठेलीहरु अध्ययन गरेर मिठो भाषण गरेकै आधारमा पत्याई हालिन्न । त्यहि विश्वास गरेरै जनयुद्धमा धेरै कुरा गुमाईएको हो । एकाहोरो विश्वास गर्नेहरुले अहिले दुःख पाएका छन् । अब त्यो सम्वोधनले कसैलाई मानसीक राहत दिन सक्छ मुतको न्यानो मात्रै हो ।

आउनुस सबै चुनावमा होमियौ । जनता बाट अनुमोदित हुने आट त गरौ“ । आफ्नो पार्टिलाई मात्रै बाकेर यात्रा सफल हुदैन । बषौ सम्म जहाको तहि हुने । विउ मात्रै जोगाएर विचार बचायौ भन्ने आत्मरती लिने होईन । त्यसले ईतिहासको उदाहरण बन्न त सकिएला दिन सकिदैन । एउटै नापोका मान्छे पनि भेटिदैनन् । बरु आफ्ना मुख्य विचारमा सहमत गराउने हो । माओवादिको एजेण्डामा देश अघि बढेको छ । दुर्घटना परे माओवादि खत्तम हुन्छ । सफ भए चुनाव हारेपनि विचार विजयी भएको हुनेछ । त्यसमा गर्ब गर्न सिक्नुपर्छ । व्यक्ति हार्ने विचार जित्ने भनेको आचरण बिग्रएछ भन्ने नेताहरुले सिक्नु पर्छ । तदनुसारको व्यवहार गरेर जित्ने लक्ष्य राख्नुपर्छ । चुनाव छोडेर एजेण्डा अलपत्र पार्ने छुट माओवादिलाई छैन । आफ्नो व्यवहारलाई अरुले रुचाउने र खोजीगर्ने सम्म विकास गर्ने मिहनत नेताहरुले गर्नै पर्छ ।