गोविन्द खड्का
घोराही, २२ बैशाख । हलक्कै बढेका समिका बोटहरुले सुन्दरता थपेको छ । त्यस संगै बढेको हरीयालीले सेवार खोला नया बसपार्कको पश्चिम किनारा आकर्षक बन्दै गएको छ । वसपार्क पछाडि खोलाको ढिकमा पुग्दा छुट्टै आनन्द मिल्छ ।
ट्रिगार्ड भित्र हुर्किएका समिका बोटहरुलाई देख्नेले बर्षदिन नपुगेको भनेर पत्याउदैन । घोराही उपमहानगरपालिका १४ को त्यो दृश्य विश्वास नगरी सुखै छैन । गत बर्ष साउनमा बिरुवा रोपिएका थिए । नया“ वसपार्क टोल विकास संस्थाले घोराही उपमहा नगरपालिकाको सहयोगमा बृक्षा रोपन गरेको हो । त्यस बेला १३ वटा पाएको थियो । तत्कालीन कार्यकारी अधिकृत तुफान सिं केसीले सकृय टोल भनेर दिनुभएको हो । कत्तीको ख्याल पुयाउछन् भनेर हेर्न खोजीएको थियो ।
‘तपाईका बिरुवा मर्न लागे भनेर आलोचना सुन्दा निकै हतोत्साहीत बनाएको थियो’ टोल विकास संस्थका अध्यक्ष शक्तिराम डागिले भन्नुभयो, ‘गोडमेल गरेर मल जल हालेपछि तुरुन्तै फेरीयो ।’ उहाका अनुसार त्यस बेला काम गर्ने टोल वासी पनि दंग परेका छन् । उनिहरुले यति चाडै विरुवा हुर्किने कल्पना गरेका थिएनन् । बस हरुले उडाउने धुलोले पुरेको जस्तै देखिन्थे । सकृय टोल भनेर गरीएको प्रशंसालाई जोगाउन सफल भएको टोलवासीले महशुस गरेका छन् ।
उपमहानगर पालिकाले हरीत नगरको कार्यक्रम केहि बर्ष अघि देखि चलाएको छ । धेरै रकम लगानी गरेको छ । शाखा अधिकृत सुवोध रेग्मीका अनुसार बजारमा एक लाख बढि विरुवा रोपीएको छ । यस बर्ष पनि केहि विरुवा रोप्ने तयारी गरीएको छ । त्यसका लागि केहि सिकाई पनि भएको छ ।
होलिको दिनमा सरसफाइ गर्न रझेना पुगेका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटा सहितको टोलि खोलामा टिगार्ड पल्टेको देखेर झस्कियो । उपमहानगर पालिकाले गरेको लगानी खेर जानेहो कि भन्ने चिन्ता झल्किन्थयो । एकै टोलका दुई वटा टिर्गा खोलामा उत्तानो परेका थिए । बिरुवा नांगै सडकमा । गाई बस्तुले खान र कसैले भाचेर फाल्न सक्थ्यो । टोलवासीलाई बोलाएर तुरुन्तै उठाउन लगाए । विरुवाको संरक्षण गर्न उनिहरुलाई सुझाव दिए ।
सब्जी मण्डि नजीक पल्टेको टिगार्ड ढल्ने र उठाउने गरीएको देखिन्थयो । शहिद गेट देखि जेसीज मार्ग हुदैको बाटो किनाराका बोटहरु पनि दुरुस्त छैनन् । तिनलाई गोडमेल र मल जलको व्यवस्था छैन । उता तुलसीपुर चोकहुदै नपाल पत्रकार महासंघ र अधिकांश सरकारी कार्यालय आसपासका विरुवा व्यवारीसे छन् । उनिहरुका लागि नभई नगरपालिकाले आफ्ना लािग रोपेको जस्तै व्यवाहार गरीएको छ । बजारका केहि टिगार्डहरु कुच्चीएका छन् । केहि हराएका छन् ।
यसरी गरीएकोे अबस्थाले हरीत नगर अभियान चलाउने उपमहानगर पालिकालाई गतिलो शिक्षा मिलेको छ । शाखा अधिकृत सुवोध रेग्मीका अनुसार बाटो बाटोमा देखाउने गरी रोपिएका विरुवाले उभो लाउने देखिन्न । ‘बरु बगैचा बनाएर नमुना काम गर्ने सोचेका छौ’ अधिकृत रेग्मीले भन्नुभयो, ‘बाटो चोकमा छितरेर नोक्सान व्यहोर्न सकिन्न ।’ उप महानगरपालिकाका अनुसार अलि ठुला प्लाष्टिकका टिगार्ड बनाउने र लामो समय सम्म संरक्षणमा राख्ने सोच छ । त्यसका लागि ल्याण्ड फिल साईट वा अन्य खुला क्षेत्र रोज्ने योजना गर्ने सिकाई भएको छ ।
नगरपालिकाको भनाई अनुसार जनचेतना, चाउको, पशुपति, बसन्तविहार, सेवारखोला नया वसपार्क, राप्ती, पुरानो हस्पिटल रोड लगाएत उत्तरी क्षेत्रका धेरै टोलहरुले विरुवाको माया गरेका छन् । ति टोलहरु निकै सुन्दर देखिन्छन् । देखालो रोप्ने, त्यहि हराउने गलती अव नगरीने उप महानगरपालिकाले बताएको छ । यस संगै फोहर मैला व्यवस्थापन पनि हरीत नगर संगै अघि बढाउने बताएको छ । भर्खरै उपमहानगर पालिकामा परिणत भएको घोराहीले कृतिम जलासय निर्माण गर्ने, बृक्षा रोपन गर्ने लगाएतका पुराना कामलाई निरन्तरता दिने बताएकोछ । त्यसका लागि सबैको साथ चाहिने विश्वास गरेको छ ।
