शब्द / तस्वीर : केशरमान बिसी

majadur diwas
दाङ १८ बैशाख । आज मे १ अर्थात १ सय २८ औं अन्तराष्ट्रिय मजदुर दिवस ठुला ठुला उद्योग धन्दा कलकारखाना बन्दछन । बैंक अड्डा अदालत सबै बन्द छन् ।

majadur 8 किन कि मजदुरले आज मजदुरको मुक्ती दिवस मनाउदैछन ।आज एक दिन देशैभर विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मजदुर दिवस मनाइएको छ ।

majadur 1तर बास्तबिक मजदुर जसले एक दिन मजदुरी नगरे प्राण धान्न धौ- धौ हुन्छ तिनलाई मजदुर दिवस भनेको के हो पत्तो छैन ।

majadur 4बजारमा मजदुरहरुको मोटरसाइकल र्याली चलिरहँदा दाङको सेवारखोला बगरमा गिट्टी कुटिरहे की सुनकुमारी घर्ति ( ६० ) ले पसिना पुछ्दै भनिन खोइ के हो मजदुर दिवस ?? दिनभर गिट्टी कुटेर एक छाक टार्ने मलाइ के थाहा उतै ( बजार तिरै ) सरहरुलाई सोध्नु नि के हो ?

ghaderi bikrima

majadur 2त्यस्तै राजनीतिक गर्ने मजदुरले मंचमा भाषण गरिरहँदा घोराही बैंक रोडमा रिक्सा तानिरहेका मजदुर महमद मनसुरी ( ६५ )  गम्छाले पसिना पुछ्दै भने – “हम नै जान्दा “।

majadur3

यस्तै बगरका  ढुङ्गा मै रगत  पसिना बगाउने ६ बर्षिया अबोध बालिका बिमलालाई झनै के थाहा कुन चराको नाम हो मजदुर दिवस ?

bal majadur 5यी त भए  प्रतिनिधि पात्र मात्र । विभिन्न स्थानमा मजदुरका हकहितका लागि नेताहरुले चर्को भाषण गरिरहँदा मजदुरहरु पसिना बगाउन बाध्य थिए।

majadur6काम नगरे घरको भान्छामा आगो नबल्ने उनीहरुलाई यो दिवसले छोएन। वर्षमा एक दिन आउने मजदुर दिवसका बारेमा बास्तबिक मजदुर सबै अनविज्ञ नै थिए।
majadur7