गेविन्द खड्का
घोराही, १८  बैशाख । ‘कसरी टिक्ने भन्ने मुल धारका व्यापारीलाई चिन्ता छ’ भन्नुहुन्छ कपडा व्यवसायी समिति घोराहीका अध्यक्ष निरंजनराज भण्डारी, उहाका अनुसार अनियन्त्रीत घर भाडा र विना अबरोध हुने अबैध व्यापार व्यवसायी धरासायी हुने कारण हुन् । घोराही बजारलाई व्यवस्थित गर्न यसैमा कोशिस गर्नुपर्छ ।

paisaकपडा काधमा हालेर कुम्लो बोकेका व्यापारी दैलो दैलोमा पुग्छन् । उनिहरुले न कतै कर तिर्नुपर्छ न त घर भाडा । ‘हरेक व्यवसाय दर्ता गराउने, अबैध फेला परे कानुनि दायरामा ल्याउने राज्यको दायित्व हो होईन ?’ किराना तथा गल्ला व्यवसायी समितिका अध्यक्ष ओपेन्द्र खड्काको प्रश्न छ । ‘पेटिमा बसेर बेचेको सर्टर भित्रको व्यापारीले निरीह भएर टुलुटुलु हेर्ने वाद्यता छ ।’ व्यवसायीका अनुसार चल्ला, बाख्रा, भाडा बर्तन, लत्ताकपडा, नुनतेल, ग्यास चुला सबै अबैध कारोवार हुने गरेका छन् । त्यसमा राज्य वा संचार माध्यम कसैको ख्याल छैन ।

घर मालिकले कर तिर्नु पर्दैन । सरकारी र सामुदायिक संस्थाले बहालमा लिए आफैले राज्य लाई कर बुझाउछन् । निजि व्यवसाय चलाएका व्यापारीले राज्य संग कुनै सम्पर्क गर्नुपर्दैन उनिहरुले घर बेटिलाई मासिक भाडा तिर्नुपर्छ । भा“डा व्यवसायी समितिका अध्यक्ष मधुसुदन अधिकारीका अनुसार कति बेला भाडा बढ्ने हो थाहै हुन्न । केहि घरमालिकहरुले फाईदा जति आफैलार्य बुझाउनु पर्ने जस्तो व्यवहार गर्छन् । त्यो पिडा उजुरी गर्ने निकाय पाउन सकेका छैनन् ।

व्यापारीका अनुसार सबै भन्दा धेरै कारोवार हु“दाको दिन बढि त्रास हुन्छ । दिनभरीको रकम गन्दै गर्दा घर मालिक झस्केलान भन्ने डरले पिरोल्छ । दिनभरी ग्राहकको भिड देखेका केहि घर मालिकहरु घाटाको महशुस गर्छन् । त्यसलाई पुर्ति गर्न निहु खोज्न थाल्छन् । भाडा बढाउने माध्यमले खनिन्छन् । उनिहरुले बढाउन खोजेको भाडाले धेरै व्यापारीको पैसा गन्दाको खुशि लुट्ने गरेको छ ।

केहि घरमालिकहरु व्यापारीले पैसा उखेरीरहेको देख्छन् । व्यक्तिगत कुशलता, साहु वा बैक बाट ऋण लिएको अबस्था, व्यापार व्यवसाय गर्न चाहिने योग्यता एवं क्षमताको अड्कल गर्दैनन् । उनिहरुमा मेरो घरमा यसले त यति कमाउन सक्छ भने मैले झन् बढि कमाउछु भन्ने भुत सवार हुन्छ । त्यसपछि चलिरहेको व्यवसाय तत्काल हटाएर आफ्नो व्यापार थाल्छन् । घर बेटि आफैले गर्न चाहे पछि बहालमा रहेकाले चुईक्क बोल्ने ठाउ रहन्न । आफ्नो सामान उखेरेर कुम्ला कुटिरा पार्दै भाडाका घर खोज्नु पर्ने हुन्छ । चाडै सर्टर भेटिएपनि टा“डि बनाउदा सम्म केहि नष्ट हुन्छ । हटाएका घर मालिक व्यवसाय गर्न असफल हुन्छन् । अर्को कसैलाई भाडामा दिन्छन् । यसले दोहोरो घाटा हुन्छ । एक ठाउ“मा बनेका ग्राहकहरु भड्कीन्छन् । उधारो लेनदेन उतै हराउछ । पसल सार्नुपर्दा केहि प्रतिशत क्षेती हुन्छ ।

गतिलो कोठा पाउन भौतारीएका व्यापारी शुरुमा घरमालिक संग सम्झौता गर्ने जरुरी ठान्दैनन् । भर्खर विहे गरेकि दुलहिलाई विहे दर्ताको चासो नभए जस्तै व्यवहार घरमालिक संग हुन्छ । व्यापार चम्किदै जान्छ साहुले थप सपना देख्छन् । त्यसको पुर्ति चर्को भाडा बाट असुल्न खोज्छन् । त्यस पछि शुरु हुन्छ महिनै पिच्छे भाडा बढाउने क्रम । सताउदा सताउदा कोठै त्यागेर भाग्ने वाद्यता सिर्जना गर्छन् । त्यसरी हुने खटपटमा अधिकांश वयापारीहरुको आपत्ति देखिन्छ । ‘तपाईहरुका समस्या के हुन ?’ कसैले सोध्यो भने अधिकांशको जवाफ हुन्छ ‘घर भाडा अव्यवस्थित छ ।’

हरेक उद्योगवाणिज्य संघको चुनावी नारा घर भाडालाई व्यवस्थित गरीने भन्ने हुन्छ । अर्को चुनाव आउदा सम्म समस्या उस्तै रहन्छ । फेरी त्यसलाई महत्व दिएर अर्को समुहले चुनावी अभियान चलाउ“छ । कार्याकाल सकिनै लागेको बेलाका दाङ उद्योग वाणिज्य संघका सदस्य अनिल आचार्य भन्नुहुन्छ ‘घर भाडाको कुरा हामिले चुनावी नारा बनाएका थियौ’ उहा“को स्विकारोक्ती छ ‘राम्रो टिमलाई जिताउन नसक्दा काम हुन सकेन ।’ यसैलाई अधार मान्दा आगामि चुनावमो महत्व पाउने देखिन्छ ।

त्यति मात्रै होईन संघको नया सदस्यता पाउदा वा नविकरण गर्दा घर बहाल सम्झौता पेश गर्नुपर्ने नियम साधारण सभा बाटै पारीत गरेको भन्नुहुन्छ संघका महासचिव दिपक सुवेदि । उहाका अनुसार कार्यसमितिमा पुग्दा तुरुन्तै नगरौ विस्तारै लैजाउ भनेर अबरोध सिर्जना भयो । यसले बहाल लिने र दिने उनै व्यवसायी हुन भन्ने बुझीन्छ । आफ्नो घर भाडामा दिएर अर्काकोमा बस्ने र व्यवसाय गर्ने धेरै व्यापारी छन् । त्यो अबस्था सम्म उन्नती नगरेकाहरुको आवाज पानीको फोका जस्तै हुन्छ । हरेक अधिवेशनका चुनावी नारामा मात्रै सिमित रहन्छन् ।

घर भाडाका समस्या चुनावमा चर्को रुपमा उठेपनि विस्तारै सेलाउने गरेको संघका उपाध्यक्ष नरायण भुषालको भनाई छ । कुनै पनि समस्या तत्काल समधान गर्नुपर्छ भन्ने स्वभावका क्रियाशिल व्यक्तित्व उपाध्यक्ष भुषाल भन्नुहुन्छ ‘सबैले आफ्ना घर मालिक संग बहाल सम्झौता गराउनुस्’ उहाले थप्नुभयो ‘सम्झौता गराउन सक्नु भएन भने हामिलाई भन्नुस कसरी कन्भीन्स गराउने हो हामिले सहयोग गछौ“ ।’ उहाका अनुसार अरुले गरीदिउन भन्ने कामनाले मात्रै समस्या हल हुदैन ।

प्रकृयामा नचुक्ने सामान्य बुद्धिमानी अपनाउन सक्नुपर्छ । सम्झौताले स्थानिय सरकार र कर कार्यालय लगाएतको बहाल कर कसले तिर्ने, कति अबधि सम्म भाडा नबढाउने लगाएतका समस्या टुंगाउछ । बिचमा आनहकको दुःख व्यवहोर्नुपर्दैन ‘घर भाडातिरेर बस्नेले उङने मात्रै गरे घाटा हुन्न त ?’ उपाध्यक्ष भुषालको भनाई थियो, ‘कर नतिर्नेले खुरु खुरु कमाई गर्ने, बहाल कर देखि स्थानिय सरकार कर कार्यालय बुझाउनेले फेस वुक हेरेर विताउने विडम्वना छ ।’