गोविन्द खड्का
घोराही, २ चैत । नालामा पसेर फोहर उखेरीरहेका घोराही उपमहानगर पालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटा खुशि देखिन्थे । सोमवार सबै अबिर जात्रा गरी होलिखेलीरहदा अधिकृत सापकोटा फोहर सोहरीरहेका थिए ।

20170313_080408उनले बिहान सबेरै घोराही १५ पिपल बुटा बाट झाडु लाउन शुरु गरे । साथमा दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नरायण भुषाल, महासचिव दिपक सुवेदि लगाएतको टिम थियो । उनिहरुले नालाको मात्रै उठाएनन् । अस्पताल, गौतमनगर र पिपलबुटा टोलका खाली जमिनमा नफाल्ने उपाएका बारेमा पनि छलफल गरे । अभियानमा भेटिने जतिलाई थप्दैरहे ।

तिन टोल छोडेर भित्र तिर पनि पसे । घोराही १८ तल्लो रझेना क्षेत्रमा अनुगमन गरे । जोडिएकै बस्ति फोहर भएपछि तिन टोल सफाले पूर्णता  पाउदैन । त्यहाको उडेर फर्किआउछ । त्यहाको सोतामा फोहरका थुप्रा भेटिए । सडकका ट्रिगार्डहरु खोलमा खसेका थिए । कार्यत्रारीले त्यसैमा चासो लिएर घरमालिकलाई झिकाए । उठाएर गाड्न सुझाव दिए ।

20170313_080449पुरानो फोहर नउठाएको स्थानिय टिकाराम सिजवालले जवाफ दिनुभयो । सफागर्ने बानी बसिसकेको जानकारी दिनुभयो । ‘बिहान सबेरै उठौ सरसफाइमा जुटौ’ फ्रेन्सस्पोर्ट कलव रझेनाको सुचना थियो । त्यको पत्यार नगरी फोहर फालेको भेटियो । एक हप्ता भित्र अभियान चलाउन टोलिले सुझाव दियो ।

20170313_084807सबै किसीमका फोहरीलाई ठिक गर्ने अभियान चलाएको छ । बाहिर सडक सम्मै सामान फिजेका हस्पिटल रोड टोलका सुवेदि सस्तो पसल र पाण्डेय सस्तो पसललाई सुझाव दिएको छ । पटक पटक टोलले आग्रह गर्दा पनि नपत्याएको गुणासो थियो । फलामका बेञ्च बाहिर बसालेर सामानको चाङ लगाउने, कुचा झाडु लगाएतका थुपार्ने र बजारको दृश्य कुरुप पारेको टोलको भनाई थियो ।

20170313_081042टोलिले राप्ती उपक्षेत्रीय अस्पतालका डाक्टरहरुको क्वार्टर क्षेत्रमा पनि सरसफाइ गरेको छ । ‘धेरै कुरा गरेनौ ईसारा काफि छ’ चिकित्सकहरु संग हातमिलाउदै कार्यकारीले भन्नुभयो, ‘देखिने टिपन टापन चाहि गरौ ।’ वडा सरसफाइ समितिका संयोजक शक्तिराम डागि सहितको टिमले कुचो लाउन थाले ।

20170313_090011त्यहा भेटिएका चिकित्सक र उनका परिवारले खुशि मनले स्वागत गरेका थिए । बाटो हिड्ने र बच्चाहरुले फोहर गरेको भन्दै टारेका थिए । तर त्यहा रहेका फोहर देख्दा बाहिरकाले फालेको कमै थियो । भान्सा, कोठा र बच्चाका फोहर थिए । ‘यस क्षेत्रमा दिसा पिसाव गर्न सख्त मनाही छ । गरेको पाएमा सख्त कार्वाहि गरीने छ’ भनेर लेखिएको थियो । दिमाग भएका बानी बिग्रएकाको बस्तिमा त्यहि बोर्ड मुनि फोहर थुप्रिएको थियो ।

20170313_081109गुम्राह थारुको सालिक नजिक होटल जन्य फोहरको थुप्रो थियो । त्यसको पहिचान गर्न निकै कठिन भयो । होटल खोज्दै टाफिक अघिल्तीरका होटलहरुमा पुगेको टोलिले नालाको फोहर उठाउन लगायो । ‘आफ्नै घर अघिको फोहर उठाउन लाजमाने घर सफा आगनमा डंगुर लाग्छ । फोहर संग डराउने र लजाउनेमान्छेमा कुण्ठा, नैराश्यता, अल्छि अश्वस्थ हुन्छन् ।’ व्यक्ति पिच्छे सम्झाउथे । त्यसो भनिरहदा आफ्नै टिममा रहेका केहिले भने झाडु समात्न लाजमानेका देखिन्थे । लठङ, लठङ गर्ने उनिहरु पुरा क्षेत्र घुमुञ्जेल न एउटा फोहर टिपे न त कतै बढारे नै । धोतिमा सजिएका निर्मला विक लगाएतले भने कोट्याई कोट्याई फोहर निकाल्दै थिए ।

20170313_090407‘फोहर उठाउदै गर्दा भावना गुमेको भने होईन । होलिमा रमाउने मपनि जान्थे । तपाईहरुले फोहर उठाउ भनेपछि रोकिए । म आउदिन भनेपछि घरमा केटा केटिहरु दुखित छन् । मलाई यहि ठुलो लागेको छ ।’ सम्झाउने क्रममा अधिकृत सापकोटाले आन्तरीक व्यथा पनि ओकले । र त मान्छेहरुलाई कन्भिन्स बनाएर नालामा लाम लाग्न पठाए । ट्राफिकको दक्षिणी छप्पड होटलहरु अगाडि सबै मान्छेहरु नालामा पसे । नाला बनेपछिको पहिलो पटक सोत्तर जस्तो थुप्रीएको फोहर उठाए ।

20170313_081336सरसफाइ कर्मचारी राखेर गत भदौ आठ गतेदेखि पिपल वुटा, गौतमनगर र अस्पताल टोलले सघन सरसफाइ अभियान चलाएको छ । दिउस भरी कर्मचारी हिडेपनि राती टोलका अगुवाले गस्ती गर्छन् । रातको बेलामा बचेको भात तरकारीका पोका सडकमा थुपुक्क बसाल्नेलाई कार्वाहि गरेका छ । शुद्धप्लस फाल्ने टेम्पो, बुक्राहरु फाल्ने ठेला पनि कार्वाहिमा परेको जनाएको छ ।

20170313_084103त्यसो गर्दा पनि खालीजमिन प्लाष्टिक मुक्त हुन सकेका छैनन् । मुख धोएको तर शरीर ननुहाएको जस्तो भनेर टिप्पनी हुन्छन् । डाक्टरका क्वार्टरले पनि फोहर गरेको उनिहरु बताउछन् । समग्र सरसफाइका लागि तिनै टोलले अर्को अभियान चलाए । राति र विहान गस्ती गरेर कार्वाहि गर्ने बताए । सडकमा थुपार्नलाई कर तिरेको होईन । घरमै जम्मा गरेर नगरपालिकाको गाडिमा खन्याउन हो । कर तिरेको उपलब्धी घर नजिक सरसफाइ गाडि आउनुहो भन्ने सिकाएका छन् ।

20170313_082751टोलक्षेत्रमा योगदान गरेकोमा उच्च प्रसंसा गर्दै व्यवसायी नविन श्रेष्ठलाई कदर पत्रले सम्मान गरीयो । पिपल बुटा टोलका अध्यक्ष चन्द्र कान्त गैर्यको अध्यक्षतामा भएको कायृक्रममा अस्पताल टोलका चित्र कान्त आचार्यको स्वागत गर्नुभएको थियो । फ्रेन्स बालकलवले गित, नृत्व, कविता नाटक देखाएर सरसफाइ चेतना दिएको थियो । कार्यक्रम सहजीकरण गौतम नगरटोलका अध्यक्ष नुमानन्द आचार्यले गर्नुभएको थियो । नागरीक समाज दाङका सचिव चन्द्रराज पन्त लगाएतले शुभकामना दिनुभएको थियो । अन्तमा अविरको होलि खेल्दै समापन गरीयो ।