इन्द्रेणी संवाददाता
दाङ, २ चैत । राप्ती उपक्षेत्रीय अस्पताल घोराही दाङमा एनआइसीयु विकासका लागि स्वस्थ्य मन्त्रालयले एक करोड वढी बजेट विनियोजन गरेको छ ।

Rapti-Hospitalआज राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिको टोली मन्त्रालयमा पुग्दा उपक्षेत्रीय अस्पतालमा एनआइसीयु र आइसीयु विकासका लागि एक करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको स्वस्थ्यमन्त्री गगन थापाले जानकारी दिएको अस्पताल विकास समितिका सदस्य दीपक पाण्डेले बताए ।

‘अस्पतालको समग्र विकासका मागहरु ल्याएको हाम्रो टोली काठमाडौंमै छ’, इन्द्रेणी अनलाइनसँग कुरा गर्दै पाण्डेले भने, ‘राप्ती उपक्षेत्रीय अस्पतालमा बच्चाका लागि एनआइसीयु र अरुका लागि आइसीयु विकासका लागि अर्थात यो सेवाका लागि समाग्री खरिद गर्नका लागि १ करोड ६७ लाख बजेट विनियोजन गरेको स्वस्थ्यमन्त्रीले जानकारी दिनुभएको छ ।’

टोलीसँग बैशाखको पहिलो सातासम्म राप्ती उपक्षेत्रीय अस्पतालमा मृगौलाको डाइलोसिस सेवाका लागि स्वस्थ्य विज्ञान प्रतिष्ठाने पहललाई कार्यान्वयनमा ल्याउने मन्त्रीले प्रतिवद्धता जनाएको बताइएको छ ।

टोलीमा अस्पताल विकास समितीका अधयक्ष शंकरसिंह थापा, सदस्य दीपक पाण्डे अस्पतालका मेसु डा. जर्नादन पन्थीको सहभागिता रहेको छ ।