इन्द्रेणी संवाददाता
दाङ, १ चैत । ब्रमकुमारी इश्वरी विश्वविद्यालय घोराही दाङले नेपाल पत्रकार महासंघ दाङशाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

sammanआज मंगलवार एक कार्यक्रमको आयोजना गरी महासंघका पदाधिकारी, केन्द्रीय पार्षाद र प्रदेश पार्षदलाई दोसल्ला र अविरलगाएर सम्मान गरेको हो ।

विश्वविद्यालय राप्ती अञ्चल प्रमुख गीता दिदिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले पत्रकारहरुको सानो लेखाइले ठूलो प्रभाव पार्ने भएकाले आफ्नो पेशामा मर्यादित भएर निष्पक्ष समाचार सम्प्रेसन गर्न आग्रह गरे । उनले राम्रो काममा प्रशंसा र नराम्रो काम गर्नेलाई समाजको बीचमा सजायका लागि उभ्याउन सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले पत्रकार महासंघ इश्वरीय विश्वविद्यालयसँगको सहकार्य कामै राखेर अघि वढ्ने प्रतिवद्धता जनाएका थिए । निवर्तमान अध्यक्ष सुदीप गौतमले इश्वरीय विश्वविद्यालयले गर्दै आएका कामलाई प्रशंसा गरेका थिए ।