गोविन्द खड्का
घोराही, १५ जेठ । घोच्ने तिखा बस्तु जम्मा गर्न हिलटेक टंकि राखिएको छ । यस अघि मिसाएर अस्पताल पुर्वतिरको कान्लामा खसालिन्थ्यो । निमित्त प्रमुख मेशु डा जनार्दन पन्थिले नेतृत्व सम्हाले पछि जम्मा गर्न थालिएको हो । हुन त गेट भित्र पसेपछि ईमर्जेन्सी नजीक सार्वजनिक खानेपानीको धारामा बग्ने सुविधा गतिलो छैन । त्यसलाई थोरै सुधार गर्न सक्यो भने अलि कति अगाडि पुग्दा फुल फुलेको हेर्न सकिन्छ । गोडमेलको जागर नचले पनि सिचाई सम्म गरीरहेका मालि भेटिन्छन् । रोप्दाको लगानी उठेको छैन ।

100_3348अस्पताल भित्रको वातावरण दैनिक बदलिदो अबस्थाको छ । विरामीका वार्ड नजिक ‘फालेको भात यहा“’ भनेर भित्तामा लेखि तल बाल्टि डोसीएको छ । जथाभावि छितर्न पाउदैनन् । गल्लीमा हरियो निलो र रातो बाल्टी बसालीएको छ । हरियोमा ‘कुहिने वस्तु भात, केराको बोक्रा र कागजहरु यहा“’ भनेर लेखिएको छ । निलो बाल्टीमा ‘प्लाष्टिकका बोतलहरु, सलाईनको पाईप वोतल र प्लाष्टिकहरु’ भनिएको छ । रातोमा ‘संक्रमित बस्तुहरु जस्तै पिसावको पाईप, रगतलागेका कपासहरु र गजहरु’ भनेर भित्तामा ठुला अक्षले लेखिएको कागज टा“सिएको छ । जसले पनि सजीलै पढ्न सक्ने र खसाल्ने सुविधा छ । उपयोग भने कमैले गरेका छन् ।

उपक्षेत्रीय अस्पताल क्षेत्र घोराही १० मा पर्छ । त्यहा“ बाट उत्पादित फोहर घोराही ६ लाई असर पर्ने गरी फ्या“किन्छ । त्यसैले घोराही ६ का सरसफाइ संयोजक मिनराज गौतम र १० का शक्तिराम डा“गीले बराबरी चासो लिएका छन् । उनिहरुले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारी र मिमित्त मेसु जनार्दन पन्थिीलाई कार्यकक्षमै भेटे । केहि बेर छलफल चल्यो ।

100_3367अस्पतालमा अध्यक्ष अधिकारी आएपछि धेरै परिवर्तन भएको घोराही १० का संयोजक शक्तिराम डा“गिले स्रहना गर्नुभयो । थप कामको लागि मिलेर जान ईच्छुक रहेको वचन वद्धता जनाउनुभयोे । अध्यक्षमा अधिकारीले शुरुवातीमा थालेका बगैचा बनाउने काम अघि बढेको छैन । बोट वरपर प्लाष्टिकका थुप्रा छन् । बेर्नालाई नत गोड मेल छ न तिनलाई मल तथा संरक्षणको सुविधा । थोरै ठाउमा मात्रै फूल फुलेका भेटिन्छन् । हेरालु एवं मालिलाई थप क्रियाशिल बनाउन जरुरी छ ।

100_3369‘बाहिर निश्कयो भने झ्याल र ढोका पिच्छे पानी खाएका बोतलहरु छन्’ समग्र क्षेत्र अवलोकन गरेपछि घोराही ६ सरसफाइ समितिका संयोजक गौतमले भन्नुभयो, ‘केहि ठाउमा त थुप्रो भेटिन्छ ।’ उहा“का अनुसार पुर्वतर्फ माउन्टभ्यू स्कुलको सामुन्नेको कान्लामा खसालेर अस्पताल जन्य फोहर विसर्जन गरीन्छ । अस्पताल भित्र अलग पारेको बस्तु काल्नामा पुग्दा एकै ठाउमा थुपारेको भेटिन्छ । भित्र सुधार ल्याए पनि बातावरणीय अवस्था टसको मस भएको छैन । खुला फालिएको फोहरको थुप्रो उत्रैछ । त्यसलाई हटाउने पहिलो शर्त अस्पताले बनाउनु पर्छ । गत बैशाख २० गतेको कुराकानीमा उपक्षेत्रीय अस्पतालका निमित्त प्रमुख मेसु डा जनार्दन पन्थीले ‘भोलि देखिनै फोहर व्यवस्थापनको पहल थाल्छु ।’ भन्नुभएको थियो । स्टापलाई तालिम दिएर गल्ने र नगल्ने फोहर अलग्याउन लगाएइको छ । अहिले धेरै ठाउ“ बाट गुणासो आएको बताउनुभयो ।
‘भनिराख्या छौ“ मान्दैनन्’ भनेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गल्ती स्विकारर्नुभयो । पटक पटक राजनीतिक न्युक्ति हुने । विभिन्न दलले सिफारीस गरेर कर्मचारी भर्ने काम अस्पतालमा भएको छ । थपिएका कर्मचारीको भारले अस्पताल विरामी परेको, फोहरी भएको बुझिन्छ । नाता गोता र आफन्तको शक्तिले उदाएका कर्मचारीहरु नियमले हलचल गर्दैनन् । जति प्रतिबद्धता जनाएपनि आफ्ना मान्छे हुल्ने प्रचलनले बचनमै सिमीत बनाउछ ।

100_3355आफुहरु फोहर व्यवस्थापनका बारेमा चिन्तित रहेको अध्यक्ष र मेसु दुवै अधिकारीले बताउनुभयो । काल्नाको फोहरका बारेमा जानकारी दिनै अध्यक्ष अधिकारीले भन्नुभयो ‘जहा“ छ त्यहि पुर्ने हो’– उहाले थप्नुभयो, अबको व्यवस्थापनका बारेमा घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफान सिं केसी संग कुरा भईरहेको छ ।’ उहाहरुका अनुसार जलाउने कुरा गलत हो । ईन्सुनेटर जलाउने मेशिन, व्यवारीसे लाश जलाउने प्रविधि लगाएतको माग गरेको अधिकारीले जानकारी दिनुभयोे । स्टापले र पुलिसले लाश गाड्दा व्यवस्थित नभई उकासेर दुर्गन्ध फैलाउने गरेको बताउनुभयो ।