जेष्ठ १७, दोलखा । २०७२ बैशाख २९ गते दोलखा इपिसेन्टर परेर भूकम्प गएपछि सिंगटीबाट घाइते लिएर उद्धार गर्न उडेको अमेरिकी सेनाको क्रोप्स युएच १ वाइ हुवे हेलिकप्टर दुर्घटना भएको एक वर्ष पछि सहकर्मी गुमाएको दुखद स्मरण गर्दै ‘मानवीय सहायता’ गर्न अमेरिकी सेनाको टोली दोलखा आएका छन् ।
armyamerica630काठमाडौंबाट विहान करिब ११ बजे हिडेको टोली अपरान्ह सदरमुकाम चरिकोट आइपुगेका थियो । पर्यटक बसमा आएका १३ जना सिधै सुन्द्रावती गाविस गएका छन् । ‘बाँकी दिनहरु सुन्द्रावतीमा वित्नेछन्,’ उनीहरुमध्ये एकजना नेपाली भाषा बोल्नसक्ने सैनिकले बताए । दुर्घटनामा दोलखा र सिन्धुपाल्चोकको सिमानामा ६ अमेरिकी सैनिकसहित १३ जनाको निधन भएको थियो । त्यसैको स्मरणमा अमेरिकास्थित पेन्सीलभेनियाबाट आएका अमेरिकी क्यारेट टोली दोलखामा सेवा गर्न आएको सैनिक स्रोतले जनाएको छ । भाडाको मिनिबसमा आएका उनीहरु सामान्य अमेरिकी नागरिकसरह आएका छन् । उनीहरु चढ्ने बसको छतमा एक पाङ्ग्रे सामाग्री ओसार्ने हाते गाडाहरु छन् ।

काठमाडौं २ दिन बसेर आज दोलखा आउने टोलीमा ३५ जना भएको जानकारी चरिकोटस्थित रणभीम गणले पाएको छ । सो गणले पाएको सूचनामा दोलखाको ‘सुन्दर वस्ती’मा असार ३ गतेसम्म रहनेछ । सुन्दर वस्ती भनेर उदृत गरिएको ठाउँ सुन्द्रावती गाविस भएको रणभीम गणले यकिन गरेको छ । प्रमुख सेनानीको नेतृत्वमा आएको सो टोली असार ३ गतेसम्म दोलखामा बसेर विद्यालय भवन बनाउने प्रमुख कार्य गर्ने छ फर्कनेवित्तिकै ५ गते स्वेदश फिर्ने तालिका नेपाली सेनालाई बुझाएका छन् । तालिकामा केही सदस्य आउने सोमबार काठमाडौं धुम्बराईस्थित इन्ष्टिच्यूट अफ क्राइसिस मेनेजमेन्टमा अन्तरकृयामा सहभागी हुने छन् ।

भूकम्पको इपिसेन्टर परेको सुनखानीको छिमेकी गाउँ सुन्द्रावतीमा उनीहरु १७ दिन बस्ने छन् । दुर्घटनाग्रस्त हेलिकप्टरले अन्तिम उडान सुनखानीको छिमेकी बजार सिंगटीबाट गरेको थियो । सो स्थान आसपासका क्षेत्रमा अमेरिकी सेनाहरुले विद्यालयमा सेवा गर्नेछन् । भूकम्पले आहत मानिसहरुलाई मनोरन्जन दिलाउने जस्ता कार्यसमेत गर्ने छन् ।